दार्चुलाको लास्कुखोलाको बाढि गाउँ पस्यो

सुरेश धामी / दार्चुला

अबिरल बर्षाका कारण दार्चुलाको महाकाली नगरपालिकाको एक नम्वर वडामा अबस्थित डुङ्ग्री गाउँमा लास्कुखोलाको बाढी पस्दा लाखौको क्षेती हुनुका साथै गाउँमा डुबान र कटानको जोखिम बढेको छ। बाढिले उक्त नगरपालिकाको वडा नम्बर १,२ र ३ को खेतकटान भएको छ, भने तेहा रहेको स्थानीय मन्दिरमा र सरकारको स्वामित्वमा रहेको डुङरि साना जलविद्युत परियोजाना पनि बाढिले क्षेती पुर्याउदा बिधुत प्रवाह नि अवरोध भएको छ ।

स्थानीय सुरेश धामिका अनुसार यो बाढी २८ बर्ष पछिको सबै भन्दा ठूलो हो। उनले भने २८ बर्ष अगाडिनी यस्तै बाढी आएकोले जनजीवन अस्तब्यस्त भएको थियो। गाउँमा बाढिको त्रास बढेको कारण स्थानीयहरु अहिले गाउँ छोडी माथि डाडा तिर अस्थाइ रुपले सरेका छन। सदरमुकामबाट नजिकै रहेता पनि नगरपालिका मेयर हन्स राज भट्टले बाढिको अनुगमन गरि क्षेतिको विवरण सन्कल गरे पनि अहिले सम्म कुनै राहात हुने कुराको पाइ नसकेको धामिले बताएका छन। बर्षात संगै धेरै ठाउमा जिउ ज्यानको क्षेतिका समाचारहरु देशभरबाट आइरहेका छन तर यहाँ तेस्तो अप्रिय घटना भने कुनै घटेको छैन।

ताजा समाचार