काठ तस्कर तह लगाउँदै सशस्त्र प्रहरी

कोरोना रोकथामका लागि गरिएको लकडाउनमा सशस्त्र प्रहरीले गैर कानुनी गतिबिधी रोकथाम गर्दै आएको थियो । लकडाउनमा कोरोनाको चेन तोड्नेदेखि भारतीय नम्बरका सवारी साधन साधनबाट जनप्रतिनिधीका हतियार नियन्त्रणमा लिने काम गरेको थियो ।

लकडाउनको पूर्ण प्रभावकारीतामा सीमादेखि गाउँ शहरबस्तीमा खटिएको सशस्त्र प्रहरीले साउन महिनाको शुरुवातमै काठ तस्कर तह लगाउने काम गरेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध घुसपैठ, चोरी तस्करी, मदिरा सेवन गरेर अनावश्यक होहल्ला गर्ने जड्या समुह, तस्करलाई तह लगाएको सशस्त्र प्रहरीले वन प्रकृति,वन्यजन्तु तस्करलाई पनि तह लगाउने कार्बाही अघि बढाएको छ । लकढाउनकै विच लामो सयमदेखिको सीमा विवादको टुङगो लगाएको सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका क्षेत्रबाट सालका गोलिया तस्करी भईरहेको अवस्थामा बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले ४३ क्यूफिट काठ बरामद गरिएको बताए । तस्करले वनबाट तस्करी गरिरहेकै अवस्थामा सशस्त्र प्रहरीको टोलीले काठ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी विचफाँटाका इन्चार्ज हरिचन्द्र खडका नेतृत्वको सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको काठ वनमा बुझाईएको छ । सशस्त्र प्रहरीले भारतबाट लकडाउनकै बेला हुने अवैध तस्करी नियन्त्रण गर्नै तस्कर तह लगाउने क्रममै वन प्रकृति विनास गर्ने समुहलाई पनि तह लगाईरहेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले जति पनि गैर कानुनी कृयाकलाप हुन्छन, त्यो रोकिने बताए । ‘यो हाम्रो नियमित काम हो, ‘उनले भने, ‘सीमा सुरक्षादेखि वन, प्रकृति विनासका सबै गैर कानुनी गतिबिधी नियन्त्रण गछौँ ।’ सशस्त्र प्रहरीले लकडाउनका बेला तस्कर, हतियार बोक्ने जनप्रतिनिधी, लकडाउन उलङघन गर्ने समुह, चोरी डकैती गर्ने लगायतका अवैध कृयाकलाप नियन्त्रण गर्दै आएको भन्दै नागरिकले निरन्तरतामा जोडदिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds