दोधारा चाँदनीमा युवा र प्रहरीको सयुक्त सरसफाई अभियान

पप्पु गुरुङ्ग, दोधारा 

विभिन्न सामाजिक कार्यमा आबद्ध युवाहरुलाई एकिकृत गर्दै माहाकालीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । माहाकाली नगरपालिकामा युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । माहाकाली नगरपालिका वडा नं. ६ को हेल्थपोष्ट बजार तथा आसपास क्षेत्रमा युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाई गरेको हुन् ।

माहाकालीकामा युवा तथा युवती, स्थानिय ब्यापारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । उनिहरुले बजार क्षेत्रमा फोहर संकलन गरि नष्ट गरेका छन भने माहाकाली नगरपालिकाको मुल सडक खण्डमा रहेको गाँजाका बोट समेत नष्ट गरेका थिए । माहाकालीका युवा तथा युवतीहरुले सरोकारवाला संग समन्वय गरि समय समयमा माहाकाली नगरपालिका क्षेत्रमा स्वयम् सेवा अभियान अन्तर्गत बिभिन्न सामाजिक कार्य गर्दै जाने अभियानका अभियन्ता भुपेन्द्र ओलीले बताएका छन् ।

बजार क्षेत्र तथा सडकहरुमा युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरी आएर सरसफाई गरेको भन्दै स्थानियहरुले खुशी ब्यक्त गरेका छन् । युवाहरुले सबै क्षेत्र संग सहकार्य र समन्वय गरी नगरलाई सफा, स्वस्थ्य र हरित बनाउन यो सरसफाई कार्यक्रम सञ्चालन गर्दै जाने अभियानका अभियन्ता भुपेन्द्र ओलीले जानकारी दिएका छन् । ‘यसलाई निरन्तरता दिन्छौ’ अभियानका अर्का अभियन्ता खडक रावलले भने, ‘यसले नगर स्वच्छ बनाउन सहयोग पुगाउने आशा राखेका छौ ।’ माहाकाली नगर क्षेत्रको केन्द्र हेल्थपोष्ट रहेकोले यस क्षेत्रमा सरसफाई कार्यक्रमलाई प्राथमिकता दिएको युवाहरुले बताएका छन् । अचानक हातहातमा झाँडु लिएर हेल्थपोष्ट बजार युवा, नेपाल प्रहरी। सशस्त्र प्रहरी निस्कीएपछि स्थानिय ब्यापारीले उनिहरुलाई सघाएका थिए ।

माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले सरसफाई अभियानले स्थानीयमा सरसफाई सम्बन्धी जनचेतना फैलिने बताए । सरसफाई सफा नगर बनाउने सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै युवा, प्रहरीको बिगतमा दिनहरुमा थुप्रै सामाजिक कार्यमा आफु पनि सहभागी हुदै आएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले बताएका छन् । अभियानले स्थानीय स्तरमा रहेर विभिन्न जनचेतना जगाउनुका साथै स्थानीय जनतालाई सामाजिक कार्यमा सरिक गराउने लक्ष्य समेत बोकेको छ् । बाढी तथा विभिन्न प्राकृतिक प्रकोपबाट पीडित जनताहरुको समस्या समाधान र सहयोगका लागि सरकारी निकाय संग समन्वय गर्नका लागि अभियानको उल्लेखनीय भूमिका खेल्ने सनसेट य्ुथ भोलेन्ट्रि ग्रुपका एक युवाहरु बताउछन् ।

ताजा समाचार