जगदम्बा टोल बिकास समितिद्वारा सम्मान

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा न.६ स्थित रहेको जगदम्बा टोल विकास समितिद्धारा सम्मान गरिएको छ। बिहिवार टोल बिकास समितिका अध्यक्ष अनुज भट्टका अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ मा टोल बिकासका लागि अतुलनीय भुमिका खेलेको भन्दै भीमदत्त नगरपालिका उपप्रमुख सुशील चन्द सिंह लगायत उपभोक्त समितीका अध्यक्ष मिन बहादुर शाह लगायत अन्य लाई एक कार्यक्रमका साथ सम्मानका साथै मायाको चिनो प्रधान गरेको टोल बिकास समिति सचीव पार्वती नेगि कार्किले बताएकि छन् ।
उनका अनुसार सम्मानित हुनेमा भीमदत्त नगरपालिका उपप्रमुख सुशील चन्द सिंह, नगरपालिकाका स- इन्जिनियर पवन प्रसाद लेखक, धर्मानन्द अवस्थी, शक्ति पन्त, अनुज भट्ट, उपभोक्ता समिताका अध्यक्ष, कोषाध्यक्ष मीन बहादुर शाह र पवित्रा चन्द लाई सम्मान गरिएको हो। टोल बिकासका काममा अहम भुमिका खेल्दै बाटा घाटा मा ग्राभेल र ढल निकाश र नाला सफाईको काम समेत उपभोक्त समितिले लगनशीलताका साथ काम लाई निरन्तरता दिदै समयमै सम्पन्न गरेको र आगामी दिनमा थप उर्जाका साथ टोल बिकासमा सबैले अहम भुमिका खेल्नु हुनेछ भन्ने समेत अपेक्षा राखेको छु। अध्यक्ष भट्टले बताए। चुनौती र बाधा व्यवधान लाई पन्छायौदै कामलाई निरन्तर अगाडि बढाई एउटा टोल बिकासमा अहम् भुमिका खेल्दै उपभोक्त समिती निरन्तर कार्यमा तल्लीन रहेन छ उपभोक्त समितिका अध्यक्ष मीन बहादुर शाह बताएका छन् ।
टोल बिकासका लागि आगामी आर्थिक वर्ष २०७७/०७८ थप बजेट विनियोजन गरि समृद्धि टोल बिकासमा अझै सबैले जोड दिनुका साथै अहम् भुमिका खेल्नु हुने छ र आफ्नो तर्फबाट हुने साथ सहयोग सधै रहिरहने समेत भीमदत्त नगरपालिका उपप्रमुख सुशील चन्द सिंहले प्रतिबद्धता समेत जाहेर गरेकी छन् ।
सम्मान कार्यक्रमका सभापति टोल बिकास समितिका अध्यक्ष अनुज भट्ट , प्रमुख अतिथि भी न पा उपप्रमुख सुशील चन्द सिंह ,अतिथिमा बिरेन्द्र बहादुर सिंह भी न पाका स-इन्जिनियर पवन प्रसाद लेखक ,इन्जिनियर धर्मानन्द अवस्थी ,उपभोक्त समितिका कानुनी सल्लाहकार शक्ति पन्त लगायतको उपस्थित रहुनुका साथै कार्यक्रमको संचालन जगदम्बा टोल बिकास समितिकी सचीव पार्वती नेगि कार्किले गर्नु भएको थियो। भने उपभोक्त समितिले गरेको काम कार्यको सार्वजनिक सुनुवाइका साथै आयव्यय उपभोक्त समितिकि कोषाध्यक्ष पवित्रा चन्दले प्रस्तुत गर्नु भएको थियो।

ताजा समाचार