महाकाली अस्पतालमा सिआर्म मेसिन जडान

महाकाली अस्पतालमा स्तरिय सेवाका लागि आधुनिक मेसिन जडान गरिएको छ । नयाँ आर्थिक बर्ष २०७७÷०७८ को शुरुवातमै सिआर्म मेसिन जडान गरिएको हो ।


महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले अस्पतालमा स्तरिय सेवा सुविधाका लागि उक्त मेसिन जडान गरिएको बताए । अध्यक्ष जोशीका अनुसार हड्डी लगायतका बिरामीको उपचारका लागि सहज हुने छ । मेसिन जडानसंगै यहाँका बिरामीका लागि उपचारमा ठुलो राहत पुग्ने छ ।


महाकाली अस्पतालमा कोरोनाका बिरामीको उपचारसंगै आधुनिक मेसिन जडान भएपछि स्थानीय समेत हर्षित भएका छन् । बिहीबार कैलाली गोदाबरीका तोयनाथ पन्त र कृष्णपुर नगरपालिका सन्तोष बोहरा उपचार पछि डिस्चार्ज भएका छन् ।

ताजा समाचार