संसद धामीको पहलमा कञ्चनपुर क्षेत्र नम्बर २ विपन्न समुदायका खर फुसका छाना प्रतिस्थापन गरिने

कञ्चनपुर संघीय निर्वाचन क्षेत्र नम्बर २ मा विपन्न समुदयका ‘खर र फुसका’ छाना प्रतिस्थापन गरिने भएको छ । विपन्न समुदयका परिवारका ‘खर र फुसका’ छाना प्रतिस्थापन गरेर सुरक्षित नागरिक आवास निर्माण गर्न सरकारले योजना ल्याएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आगामी आर्थिक बर्ष २०७७/०७८ मा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्र्तरगत कञ्चनपुर क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा ७ सय ६१ विपन्न घर परिवारका खर र फुसका छाना प्रतिस्थापन गरेर जस्ताको छाना निर्माण हुने भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ का संसद एव प्रतिनिधी सभा सदस्य नर बहादुर धामीको पहलमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा अति विपन्न समुदयको परिवारका लागि खर र फुसका छाना विस्थापन गरेर जस्ता निर्माण हुने छन् । प्रतिनिधी सभ सदस्य धामीका स्वकीय सचिव अर्जुन भट्टले संसद ज्यूकै विशेष पहलमा शहरी विकास तथा भवन निर्माण विभागले नागरिक सुरक्षित आवास कार्यक्रम अन्र्तरगत कृष्णपुर २ सय ६३, शुक्लाफाँटा २ सय ४६ र बेदकोट २ सय ५२ विपन्न परिवारका खर र फुसका छाना प्रतिस्थापन गरेर जस्ता निर्माण गरिने बताए । ‘पहिलेको जस्तो जातभातका आधारमा विपन्न समुदाय छनौट गर्ने कार्यक्रम होईन, ‘उनले भने, ‘खर र फुसका छानावाला जुनसुकै समुदायका भए उनीहरुका छाना स्तरबृद्धि गरिनेछ ।’ कार्यक्तम अन्र्तरगत आर्थिक रुपमा विपन्न सबै समुदाय लाभान्वित हुने भएका छन् ।

संसद धामीले आफ्ना निर्वाचन क्षेत्रका विपन्न समुदयको जनताका लागि सुरक्षित आवास कार्यक्रम ल्याएकोप्रति स्थानीय हर्षित भएका छन् । स्थानीयले पनि यस अघि आउने कार्यक्तम जातिय, लिङ्गीय आधारमा सेवा सुविधा दिने भएपनि यस पटक वैज्ञानिक रुपमा आर्थिक विपन्न समुदायका लागि ल्याएको कार्यक्रमप्रति आम जनता हर्षित भएका छन् । जातिय आधारमा ल्याउने कार्यक्रम पनि पहुँचवाला नै पाउँथे, तर अहिलेको कार्यक्रम प्रत्यक्ष खर र फुसका छाना अवलोकन गरेर कार्यक्तम संचालन गर्ने भएपछि स्थानीयले वास्तविक लक्षित वर्गलाई लाभ हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds