असार २९ मा गड्डाचौकी नाकाबाट नेपाल आउने र भारत जाने बराबर

चिन लगायतका मुलुकमा कोरोना भाईरसको संक्रमण बढिरहेका बेला पश्चिम नेपालको प्रवेसद्वार नाका गड्डाचौकीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले हेल्थ डेस्क स्थापना ग¥यो । भीमदत्त नगरपालिकाले गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरेर नेपाल प्रवेस गर्ने नागरिकको स्वास्थ्य परीक्षणका साथै विवरण संकलन संकलन गर्दै आयो ।

चार महिनाको अवधिमा असार २९ मा नेपाल आउने र भारत जाने बरबार रहेका छन् । अन्य दिनमा भारत जाने भन्दा नेपाल प्रवेस गर्नेको संख्या ह्वात्तै बढि हुन्थे, ०७६ चैत्र ११ गते नाका बन्द भएपछि सिधै १२ जेठमा खुलेका शुरुका दिनमा भारतबाट नेपाल प्रवेस गर्नेको संख्या ह्वात्तै बढि थियो । पछी विस्तारै घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार ०७६ असार २९ मा ऐतिहासिक भएको छ ।

भारत जाने पनि ४७ नेपाल प्रवेस गर्नेपनि ४७ जना रहेका छन् । अघिल्लो दिन २८मा ४३जना आएका थिए, ११ गएका थिए । ३२जना बढि, ३० मा ९२ जना आए ४९जना भारत गएका छन् । यस्तै मास्क नलगाईकनै हिडडुल गर्ने कञ्चनपुरका ३४ जनालाई कार्बाही गरिएकोछ । संक्रमण ऐन २०२० अनुसार उनीहरुलाई सयका दरले कार्बाही गरेर छाडिएको छ ।

ताजा समाचार

This will close in 10 seconds