कोरोना जितेर आठ जना महकाली अस्पतलबाट डिस्जार्च

कोरोना जितेर कञ्चनपुरका आठ जना महाकाली अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार महाकाली अस्पतालबाट शुक्लाफाँटा नगरपालिका एक युवक सहित भीमदत्त नगरका सात जना डिस्चार्ज भएका हुन् ।

महाकाली अस्पताल स्रोतका अनुसार शुक्लाफाँटा नगरका गणेश भट्ट, भीमदत्त नगरका केशव चन्द, शुशिला चन्द, लक्ष्मण खाती, राम चन्द, चाँदनी साउद, शामन साउद, चन्द्र जैरु डिस्चार्ज भएका हुन् । यस अघि गत साता बेदकोट नगरपालिकाकी जानकी राना, बिमला तााम्राकार, तुलसी लुहार डिस्चार्ज भएकी थिईन् ।

महाकाली अस्पाल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सात दिन होम क्वारेन्टाईनमा बस्ने सर्तमा डिस्चार्ज गरिएको बताए । उनका अनुसार अहिलेसम्म महाकाली अस्पतालका आएका सबै जना संक्रमित उपचारपछि निको भएका छन् ।

ताजा समाचार