सिलसिलेबार सीमा अतिक्रमण रोक्न जनमोर्चाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

राष्ट्रिय जनमोर्चाले कञ्चनपुरमा भारतीय पक्षबाट भईरहेको सिलसिलेबार सीमा अतिक्रमण रोक्न माग अघि सारेर प्रधानमन्त्री केपी शार्मा(ओली)लाई ज्ञापन पत्र पठाएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति कञ्चनपुरले आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएको हो ।

जनमोर्चा कञ्चनपुरका युवा नेता लाल ब. कुँवरले सीमा अतिक्रण रोक्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनका लागि जनमोर्चाले ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले प्रमुख जिल्ला अधिकारी नूरहरी प्रशाद खतिवडालाई ज्ञापन पत्र बुझाउँदै भारतीय पक्षबाट कहिले सीमा अतिक्रमण, कहिले नेपाली भूमिमै अवरोध गेर्ने कार्यतर्फ ध्यानकृष्ठ गराउँदै प्रधानमन्त्रीलाई नै ज्ञापन पत्र पठाएका हुन् ।

विगतमा नेपाल भारतविचको सीमाङकन गर्दा नेपाली पक्षका अधिकारीबिनै गरिदा विवाद भईरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । भारतले स्ट्रीप नक्सालाई आधार बनाएर सीमा अतिक्रमण गरिरहेको समेत जनमोर्चा कञ्चनपुरको दावि छ । नेपाल भारतविच ९७प्रतिशत सीमा विवाद समाधान भएको दावि गरिएपनि कञ्चनपुरको हकमा स्वत.खोक्र्रो सावित भएको ज्ञापत्र पत्रमा भनिएको छ । एकलौटी रुपमा गरिएको सीमाङकन खारेजीको समेत माग गरिएको छ । यस्तै जनमोर्चा कञ्चनपुरले कोडिभ १९ रोकथामका लागि निर्माण गरिएको क्वारेन्टाईन, आईशोलेशन समेत मापदण्ड अनुरुप नभएको सुधार आवश्यक रहेको सरकारको ध्यानाकर्षण गराएको छ ।

कोडिभ रोकथामका लागि परीक्षणको दायरा बढाउनुपर्ने, कोडिभमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक सबैको बिना नभएकोप्रति आपत्ति जनाएकोछ । जनमोर्चाका केन्द्रीय सदस्य एव सुप प्रदेश इन्चार्ज मनोज भट्ट, जिल्ला अध्यक्ष राम ब. कार्की, सचिव अहिमान थापा, जातिय समाजक महासचिव गोबिन्द विक, राष्ट्रिय जनमोर्चा सहसचिव लाल ब. कुँवर, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा कोेडिभ १९को नाममा भईरहेको सरकारी रकमको दुरुपयोग, अपचलन, भ्रष्टाचार, भएको जनाउँदै नियन्त्रणमा सुझाव दिएको छ ।

ताजा समाचार