काँग्रेसद्वारा मुख्यमन्त्रीलाई ज्ञापन, स्थानीय तहमा संस्थागत भ्रष्टाचार बढ्यो : काँग्रेस १ नम्बर क्षेत्र कञ्चनपुर

नेपाली काँग्रेस क्षेत्र नम्त्रर १ कञ्चनपुरले विभिन्न माग अघि सारेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ले किसानदेखि सीमाका समस्या समाधानको माग अघि सारेर मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । यस अघि पनि काँग्रेसले किसानका समस्यादेखि सीमा समस्या सामाधानका लागि पनि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य समेत रहेका दक्षिणी क्षेत्रका विकासप्रेमी नेता जनक सिह धामीले समस्याबाट क्षेत्र नम्बर १ झाँगिएका बेला काँग्रेसका तर्फबाट प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको बताए ।
नेता धामीले किसानको मलखाल बिउदेखि सीमा समस्या समाधानका लागि पुनःमुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । चोरी तस्करीको ट्रली सहित पुनर्वासमा सशस्त्र प्रहरीले मलखाद बरामद गरेको थियो । उक्त ट्रली भन्सार चलान नगर्न आग्रह गरिएको छ ।

हुलाकी राजमार्ग सहित बेलौरी–कलुवापुर सडकखण्ड विस्तार गरिनुपर्ने, भारतले हालै बेलौरी नगरपालिका ८ पचुईमा विवाद गरेको क्षेत्रमा देखिएको समस्या समाधानको माग अघि सारिएको छ ।
काँग्रेस क्षेत्र नम्बर १ ले स्थानीय तहमा संगठित र संस्थगत भ्रष्टाचार भईरहेकाले आरोप लगाउँदै त्यसको छानबिनको समेत माग अघि सारेको छ । प्रधानमन्त्री, मुख्यमन्त्री कृषि आयोजना अन्र्तरगत कृषि उपकरण वितरणमा वास्तविक किसानले नपाई कागजी किसानले पाएको आरोप लगाएको छ । क्षेत्र नम्बर १बेलडाँडी, बेलौरी, पुर्नवासका ठाँउ ठाउँमा सीमा समस्या रहेकाले कुटनीतिक ढङगबाट पहलको माग अघि सारिएको छ । क्वारेन्टाईन सुधार, पिसिआरपक्षीबाट घर पठाईनुपर्ने माग अघि सारेका छन् ।

सुकुमबासी आरक्षपीडितको समस्या साधानको लागि माग अघि सारेको छ । मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले ज्ञापन पत्र बुझ्दै काँग्रेसले अघि सारेका मागमा प्रदेश सरकार गम्भिर रुपमा अध्ययन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । काँग्रेस क्षेत्र नम्बर १का नेताहरु दिवान सिह विष्ट, गोपाल गुरुङ्ग, जनक सिह धामी, हरेन्द्र विष्ट लगायतका नेताहरुले ज्ञापन पत्र बुझाएको काँग्रेस क्षेत्र नम्बर १ले जनाएको छ ।

ताजा समाचार