बेलडाँडी गाउँपालिकाको अपाङ्ग मैत्रीपुर्ण र अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको कार्य अन्तिम चरणमा

सुदूरपश्चिम प्रदेशकको कञ्चनपुर स्थिति बेलडाँडी गाउँपालिकाको अत्याधुनिक सुबिधा सम्पन्न र अपाङ्ग मैत्रीपुर्ण भवन निमार्ण कार्य अन्तिम चरणमा रहेको छ। भवन निर्माणका लागि ७ करोडको लागतमा बि.स २०७४ सालमा निमार्णका लागि ठेक्का भएको गाउँपालिकाको नयाँ भवनको निमार्णको काम ९० प्रतिशत हाराहारीमा सकिएको छ ।

गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका अनुसार गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न भवनको निमार्ण कार्य लगभग पूरा भएको र फिनिसिङको काम बाकी रहेको बताए। “गाउँपालिकाले अत्याधुनिक भुकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन जिल्लाको मात्र नभई सुदूरपश्चिम प्रदेशकै नमुना मुखी भवन निमार्ण गरिरहेको छौँ, भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ, लगभग निमार्ण कार्य सकिएको छ ।” बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापा क्षेत्रीले भने, “भवनमा लिप्ट सिस्टम पनि जडान गरिने भएकोले भारतको दिल्ली बाट ल्याउनु पर्ने र लकडाउनले प्रभाव भएको हुँदा निमार्ण कार्य लिप्ट जडान मै रोकिएको छ ।” लिप्ट जडान गर्न भारतबाट लिप्ट ल्याउनु पर्ने भएकोलले कोरोना भाइरसका कारण लगाइएको लकडाउनले गर्दा ल्याउन समस्या भएको छ । लकडाउनले गर्दा केही दिन लिप्ट जडान कार्य प्रभावित भएपनि केही दिनमा लिप्ट मगाएर भवनको सम्पुर्ण काम सक्काउने योजना रहेको अध्यक्षले बताए । अपाङ्ग मैत्रीपुर्ण र वातावरण मैत्री हुने गरि निमार्ण गरिएको भवनको निमार्ण गरिएको भवन सरकारी भवन मध्ये उतकृष्ठ भवन भएको गाउँपालकिाले जनाएको छ ।

लिप्ट सिस्टम गरी गाउँपालिकाको भवन ४ तला भन्दा माथिको बनाइएको छ । गाउँपालिकाले सवै सेवा सुविधालाई सजिलो, सहज तथा प्रधावकारी बनाउनलाई नयाँ अत्याधुनिक भवन निमार्ण गरिएको र केही दिनमै विषयगत शाखा छुट्याएर काम कार्य नयाँ भवन सञ्चालनमा ल्याइनेछ ।” अध्यक्ष थापा क्षेत्रीले भने,। भवनमा अहिले विद्युतको कार्य पनि सकिएको उनले बताए । गाउँपालिकाले आफ्नो अत्याधुनिक सुविधासम्पन्न भवन निमार्ण गरेसँगै वडा कार्यालयको प्रशासनिक भवन निमार्ण गर्ने योजना अगाडी बडाएको छ । “वडा कार्यालयहरुका भवन पनि निमार्ण गर्ने आगामी योजना गाउँपालिकाको रहेको र वडा कार्यालयको भवनको निमार्णको लागि जमिन(जग्गा) हेर्ने काम भैरहेको छ ।

साथै अघिल्लो वर्ष जग्गामा केही विवाद आएपछि यस वर्ष भने प्रत्येक वडाको लागि ७५ लाखका दरले गाउँपालिकाले बजेट विनियोजन गरिएको छ । वडा कार्यालयका भवनलाई यसै आर्थिक वर्ष २०७७/०७८ मा सुरु गरिने अध्यक्ष थापा क्षेत्रीले बताए । गाउँपालिको प्रशासनिक भवनको साउन मसान्त सम्म निमार्ण कार्य गरिसक्नु पर्ने भएपनि निमार्ण कार्य अगाडि नै सक्ने तयारी रहेको छ । नयाँ भवन सञ्चालनमा आएपछि अहिलेको कार्य सञ्चालनमा रहेको पुरानो भवनलाई वडा कार्यालय वा कर्मचारी आवासमा प्रयोग गर्ने योजना गाउँपालिकाले बनाएको छ । पहिलाको तुलनामा बेलडाँडी गाउँपालिकाले भौतिक पुर्वाधार ,कृषी उत्पादन र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएको छ। भने महामारी कोरोना भाइरस रोकथामका लागि आउदो आर्थिक वर्षमा ५० लाख विनियोजन गरिएको छ।

ताजा समाचार