लगातार वर्षाको कारण दोधारा चाँदनीको झण्डै एक सय घर प्रभावित

दोधारा

लगातारको वर्षाको कारण माहाकाली नगरपालिकाको एक सय घरधुरी प्रभावित भएको छ् । लगातार वर्षाको कारण माहाकाली नगरपालिकाको वडा नं. २ को केही घर प्रभावित भएका हो । निमार्ण भएका सडकहरु तथा भौतिक संरचनाहरु जमिनको सतह भन्दा अग्लो भएको हुदा माहाकाली नगरपालिका वडा नं. २ कृष्णा टोल क्षेत्रमा वर्षाको पानीले डुवानमा परेको छ् । स्थानियहरुलाई घरबाट बाहिन निस्कन समेत समस्या परेको हो । स्थानियहरुको धान तथा मकै खेतमा पानी बग्न थालेको स्थानियहरुले बताएका छन् ।

खेतमा पानी जमेर खेती नहुने चिन्ताले समेत सताउन थालेको छ् । वर्षाको पानीले गती लिन थालेपछि धान तथा मकै खेतीमा असर पारेको हो । सडक निमार्ण कम्पनीहरुले हचुवातालमा सडक निमार्ण गरेपछि उक्त क्षेत्र डुवानमा परेको स्थानियहरुको भनाई रहेको छ् । घरको आ“गन साथै मकै तथा धान खेतमा डुवानले प्रभाव पारेको छ् । बर्षाका कारण उक्त क्षेत्रमा पानी थुप्रिन थालेपछि बसती डुवान परेको हो । वर्षाको पानीले निमार्ण क्रममा रहेका सडक समेत भत्काएको छ । वर्षाको कारण नालाको पानीको सतह बढेपछि कृष्णा टोलको झण्डै एक सय घरपरिवार प्रभावित भएको हो । स्थानियबासी टेक गिरीको अनुसार नितीगत बिकास निमार्ण कार्य नभएको कारण बस्ती डुवानमा पर्न थालेको बताएका छन् । उनका अनुसार वर्षाको कारण बस्ती डुवानमा पर्न थालेपछि स्थानियहरुले जनप्रतिनिधीहरुलाई गुहारेका हुन् । ‘लगातार भोली सम्म वर्षा हुने हो भने सबैको घर डुवानमा हुन्छ’ स्थानियबासी टेक गिरीले भने । उनले आज बिहान माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर प्रबक्ता दिल बहादुर सिजाली तथा वडा अध्यक्ष कमलापती भट्ट बस्तीको अवस्था निरिक्षण गरिसकेको बताएका छन् ।

लगातार वर्षाको कारण पानी जमेको कारण बस्तीमा पानी निकासाको ब्यवस्था गर्न माहाकाली नगरपालिका कार्यालयका जनप्रतिनिधीहरुले पहल गर्नु पर्ने स्थानियहरुको भनाई रहेको छ् । माहाकाली नगरपालिकाका जनप्रतिनिधिहरु आज बिहान डुबान प्रभावित क्षेत्रमा सक्रिय रुपमा खटिएका बताईएको छ् । अविरल वर्षापछि नगरपालिकाका क्षेत्रमा डुबान परेपछि माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा अध्यक्ष कमलापती भट्ट लगाएत जनप्रतिनिधी विहानै देखि सक्रिय भएका हुन् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले वडामा स्थलगत निरीक्षण गरी डुबान प्रभावित बस्तीको बारेमा बैठकमा छलफल गरि समस्या हल गरिने बताएका छन् ।

नगर प्रमुख सहितको टीमले निरीक्षण पछि डुबान रोक्न अल्पकालिन र दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिएका छन् । लगातारको वर्षाको कारण महाकाली र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने माहाकाली नगरपालिकाको वडा नं. १० बैतिफा“टा, शान्ती टोल, अठार नम्वर पिल्लर बस्तीमा बाढी तथा डुवानको संत्रास छाएको छ् । प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरुलाई सजग रहन अनुरोध समेत गर्दै आएको छ् ।

ताजा समाचार