भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्गको काम अघि बढाउँन विप्लवको माग

नेकपा विप्लव कञ्चनपुरले भारतले रोकेको हुलाकी राजमार्गको काम अघि बढाउन माग अघि सारेकोछ । आइतबार कञ्चनपुरमा निर्माण भईरहेको हुलाकी राजमार्ग बेलौरी नगरपालिका ८ पचुईखण्डमा निर्माण हुँदा भारतीय सुरक्षाकर्मी फौजफक्कड सहित आएर बन्द गराएको विषयमा नेकपाले आपत्ति जनाएको छ ।

नेकपा विप्लव कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कुनै युद्धको जस्तै भारतीय प्रशासनिक अधिकारी र एसएसबी आएर काम रोक्नु निन्दनिय कार्य भएको ठहर गरेको छ । भारतीय पक्षको घृषित कार्य भएको नेकपाको ठहर छ । गत बर्षपनि असारकै महिना काम बन्द गरेको जनाउँदै नेकपाले नेपाली स्वाभिमानमा ठेस पुगेको जनाएको छ ।

नेकपा कञ्चनपुरका सचिव रवि र इन्चार्ज सहदेवद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा भारतीय रबैया बन्द गर्न, दादागिरीशैलीमा नेपाली भूमिमै आएर सडक निर्माण कार्य नरोक्न चेतावनी दिईको छ । भारतीय पक्षले नेपालको बृद्धि विकासमा गिद्दे नगर लगाउँदै जहिले पनि नेपाली स्वाभिमानमाथि हस्तक्षेप गर्दै आएकाले सीमा क्षेत्रमा ब्यापक सुरक्षा क्याम्प स्थापनाको स्थानीयले माग अघि सारेका छन् ।

ताजा समाचार