भीनपा ९ का वडाध्यक्ष माथिको घटना राजनीतिकरणे : काँग्रेस

नेपाली काँग्रेस भीमदत्त नगरपालिकाले भीनपा ९ का वडाध्यक्षमाथिको घटना राजनीतिकण भईरहेको जनाएको छ । काँग्रेस भीमदत्त नगर कार्य समितिले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनालाई ढाकखोप गर्नका लागि वडामा क्रियासिशल अनेकन व्यक्तिमाथि बिना अधार अतिरञ्जित रुपमा आरोप लगाउने कार्य भएको हुदा घटना राजनीतिकरण हुने सम्भावना बढ्दै गएको जनाएको छ ।

प्रशासनसंग समेत काँग्रेसले घटना सत्यतथ्य छानबिन गर्न माग गरेको छ । ‘घटनामा देखिएका दृश्यहरु जुन रुपमा बाहिर आएका छन, मातृशक्तिमा रुपमा पुजित नारीशक्तिमाथि जुन प्रकारको दोषारोपण गरिएको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, सबै माथि निष्पक्ष, तथ्यपरक स्पष्ट रुपमा कानुन बमोजिम अनुसन्धान होस ।’ काँग्रेस भीमदत्त नगरका सभापति पदमरजा अवस्थीले हस्ताक्षर गरेको विज्ञप्तीमा विनापूर्वाग्रह सत्यतथ्यका आधारमा दोषि जो कोही भएपनि कार्बाहीको माग अघि सारिएकोछ ।

नाथको विषयमा नेकपा भीमदत्त नगर कमिटिले जारी गरेको विज्ञप्तीमा अध्यक्ष नाथमाथि केही समाजिक विकास विरोधी तत्वतहरुले संगठित रुपमा बिरोध गर्दै आएको भन्ने विषयमा आपत्ति जनाएको छ । होटल संचालिका महिलाले वडाध्यक्षमाथि किस मागेको आरोप थियो । उक्त आरोप सत्य नभई राजनीतिकरण भएको वडाध्यक्ष नाथ र काँग्रेसले घटना राजनीतिकरण भएको भन्ने मिलेपछि घटना को हो भन्नेमा अन्यौलता छाएकोछ ।

ताजा समाचार