उदयदेव सहकारीको आफ्नै कष्टम हाइरिङ सेन्टर

कञ्चनपुर

कञ्चनपुरमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलेन आफ्नै कष्टम हाइरिङ सेन्टरको स्थापन गरेको छ । मंगलबार एक कार्यक्रमका साथ भीमदत्त नगरपालिका वडा न.१९ बागफाटामा कष्टम हाइरिङ सेन्टरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भव्यताका साथ उद्धघाटन गर्नु भएको छ।

नेपाल कृषिप्रधान भएकाले अहिले स्थानीय, प्रदेश देखि केन्द्र सरकार सम्म कृषिमा विशेष जोड दिएको हुँदा उदयदेव सहकारी संस्थाले आफ्ना सदस्यहरु लाई मध्यनजर गर्दै कृषि उत्पादनमा जोड दिने मुख्य उद्देश्यका साथ कस्टम हाइरिङ सेन्टरको स्थापना गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताउनु भएको छ। उनका अनुसार ” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कञ्चनपुरको ५० प्रतिशतमा अनुदान र ५० प्रतिशत सहकारीको लगानीमा ११ वटा कृषि उपकरण ३३ लाख १२ हजार ७ सय ६२ रकमको कृषि सामग्री हस्तान्तरण गरिएको छ।

उत्पादन बढाउनुका साथै सदस्यहरु लाई कृषि तर्फ उन्मुख गराई बजारको व्यवस्थापन गरिने समेत बताएका छन् । उद्दघाटन तथा हस्तान्तरण कार्यक्रमका सभापति सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्द, प्रमुख अतिथि भीमदत्त नगरपालिका नगरप्रमुख सुरेन्द्र बिष्ट, अतिथिमा भीमदत्त वडा न.२ र१९ का अध्यक्ष डम्बर कार्की, दामुदर महरा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कञ्चनपुर कार्यालय प्रमुख संजु रीमाल जोशिलगायत अन्य कर्मचारीहरु को उपस्थिति रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds