राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल द्धारा उपचारवाट घर फर्किन नसकेकालाई निशुल्क ह्वीलचियर

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभीड-१९ कोरोना भाइरस रोकथाम साथै नियन्त्रणका लागि देशभर सरकारले लगाइएको लकडाउनको विषम परिस्थितिमा नियमित उपचार सकेर घर फर्किन सहायक सामाग्री नहुँदा अस्पतालमै थन्किन बाध्य स्पाइनल इन्जरी भएका व्यक्तिलाई नि:शुल्क ह्ववीलचियर वितरण गरिएकाे छ ।

राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल अनामनगरले साेमवार उनीहरुलाई निशुल्क वितरण गरेकाे हाे । उपचार सकेर घरजान तयार तर ह्वीलचियर विना अस्पतालमै रहेका अपाङ्गता भएका व्यक्तीबारे राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल अनामनगरलाई खवर आएपछि स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्र साँघा काभ्रेमै पुगेर २० जना स्पाइनल इन्जरी भई अपाङ्गता भएका ब्यक्तिहरूलाई नि:शुल्क व्हील चियर बितरण गरिएकाे समाजका उपाध्यक्ष सुगम भट्टराईले जानकारी दिए । उनले भने ” सन् २००६ साल देखि ‘देशभरमा पुर्व देखि पश्चिम सुदूर सम्म २०३ जनालाई प्रविधिक टोलिद्धारा नापजाँच गरेर नै वितरण गर्ने गरेको साथै व्हील चियर मर्मत तालिम पनि दिने गरेको छौँ ।’ अहिले कोरोनाले गर्दा देशभर नै लकडाउन भएको हुँदा काम गर्नमा केहि कठिनाइ भएको र अब सहज वातावरण हुँदा साथ सुदूरपश्चिम आउने उपाध्यक्ष भट्टराईले बताउनु भो। एक कार्यक्रमका वीच ह्वीलचियर वितरणमा बनेपा नगरपालिका वार्ड नं १३ का वडाध्यक्ष सुर्य नारायण नापीत प्रमुख अतिथि रहेका थिए ।

स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका निर्देशक हरि अधिकारीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल अनामनगरका उपाध्यक्ष सुगम भट्टराई बिशिस्ट अतिथि रहेका थिए । यस्तै काठमाडौ बौद्ध निवासी समाजसेवी श्रीराम चालिसे अतिथि थिए भने सोही केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालले स्वागत मन्तव्य राखेका थिए। व्हील चियर नभएका कारण उपचार सकेर पनि घर जान नपाएका अपाङ्गता भएका ब्यक्तिहरू निशुल्क व्हीलचियर पाएपछि खुशी भएका छन ।

ताजा समाचार