उल्टाखामबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

कञ्चनपुर

प्रहरीले उल्टाखामबाट ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार लागु औषध नियन्त्रण ब्यूरोको टोलीले भीमदत्त नगरपालिका २ उल्टाखामबाट दुई युवक सहित ब्राउन सुगर बरामद गरेको हो । लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरका प्रहरी नायब निरीक्षक डिकरदेव पन्त नेतृत्वको टोलीले ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ ।

मोहन ऐरको घरबाट एक ग्राम ब्राउन सुगर र ऐरसंगै निराजन शाहलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना र ब्राउन सुगर सहित उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

लकडाउनका बेला लागु औषध तस्करी भईरहेको खबर पाएपछि लागु औषध नियन्त्रण ब्यूरोको टोली सकृय भएको छ । कञ्चनपुर प्रहरीले पक्राउ परेका दुई युवक र लागु औषधबारे अनुसन्धान भईरहेको जनाएको छ । लागु औषधका कारण युवापिँढी कुलतमा फसेकाले विकृती बढिरहेका बेला लागु औषध सहित धमाधम पक्राउ गर्नुपर्नेमा स्थानीयको माग छ ।

ताजा समाचार