मातृभूमी रक्षाको माग राख्दै खालीखुट्टा प्रर्दशन

कञ्चनपुर
सीमा अतिक्रमण रोक्नका लागि सरकारले सीमा क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने माग अघि सारेर कञ्चनपुरका युवाहरुले खालीखुट्टा प्रर्दशन गरेका छन् ।
आइतबार युवाहरुले महेन्द्रनगरमा मातृभूमी रक्षाको माग राख्दै खालीखुट्टा प्रर्दशन गरेका हुन् । सरकारले सीमा अतिक्रमण रोक्न नसकेको भन्दै युवाहरुले सरकार बिरुद्ध बिरोध प्रर्दशन गरेका हुन् ।

देशभरी सीमा अतिक्रमण हुँदा पनि सरकारले चासो नदिएको आरोप लगाएका छन् । सीमा क्षेत्रमा तत्तकाल पर्खाल निर्माणको माग अघि सारेर प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् । भने क्वारेन्टाईन सुधारको माग अघि सारेर भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टलाई ज्ञापन पत्र बुझाएका हुन् । आइबार सीमा अतिक्रमण रोक्न र कोडिभ १९ बारे सरकारले विषेश चासो दिएर क्वारेन्टाईन सुधार गर्न सुझाव दिएका छन्

महेन्द्रनगरका युवा धिरज जोशीले सरकारले सीमा अतिक्रणका साथै कोडिभ १९रोकथाम एव नियन्त्रणका लागि पहल नहुँदा सीमा अतिक्रमण नरोकिएको र कोडिभ नियन्त्रणका लागि चासो नदिदा संक्रमण फैलिने खतरा रहेको औल्याए । नयाँ तरिकाको आन्दोलन भन्दै स्थानीयले सकारात्मक टिप्पणी गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds