बेलौरीमा दिउँसै तस्करी भारतबाट खुलेयाम तस्करी गर्दा दुई तस्कर, अटो सहित समान बरामद

कञ्चनपुर
कञ्चनपुरको दक्षिणी भेग बेलौरीमा दिउँसै तस्करी भईरहेको छ । लकडाउनका बेला राती र अहिले लकडाउन खुकुलो गर्दा दिउँसै तस्करी भईरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान टिम(आरआईटी)को टोलीले शनिबार दिउँसै बेलौरी नगरपालिका ८पचुई क्षेत्रबाट तस्करीको समान बरामद गरेको हो ।
प्रदेशबाट खटिएको नेपाल प्रहरीको आरआईटी टोलीले भारतबाट अटोमा तस्करी गरिरहेको अवस्थामा समान बरामद गरेको जनाएको छ । आरआईटी टोलीका अनुसार पचुई क्षेत्रबाट दिउँसोतिर म १ ह १४१५ नम्बरको अटोमा कपडा तस्करी भईरहेको अवस्थामा तीन जना सहित समान बरामद गरिएको छ । बेलौरीका ३२ अमर सुनाम, उमेश विष्ट र चालक मनोज बडायकलाई पक्राउ गरि ईप्रका बेलौरीम बुझाईएको छ । प्रदेशबाट आएको आरआईटी टिमले भारतबाट लकडाउनका बेला गैर कानुनी रुपमा तस्करी गरेको समान बरामद गरेको स्थलदेखि पश्चिम प्रहरी चौकी पचुई र पुर्वतिर सशस्त्र प्रहरी बलको बिओपी , त्यही पनि सशस्त्र प्रहरीको अवस्थायी पोष्ट छ ।
आरआईटीका अनुसार सीमा क्षेत्रमा लाईन खाएर समान छाड्ने परम्पराले दिउँसै बेलौरीमा तस्करी मौलाएको छ । यस अघि पनि बेलौरीका जनप्रतिनिधीले बेलौरी बिओपीले तस्करबाट घुस खाएर समान छाड्ने गरेको आरोप छ । बेलौरीका लकडाउनमै पनि निरन्तर तस्करी भईरहेकोपछि त्यस अघि तस्करी कस्तो हुन्थ्यो, बारे एकिन गरिएको छैन् । दिउँसै तस्करी हुँदा बेलौरीमा मिलोमतो र लाईन खाएर तस्करी भईरहेको स्थानीय जनप्रतिनिधीको आरोप पनि प्रमाणित भईरहेकोछ । तस्करबाट घुस लिएर छाड्ने परम्पराले पनि तस्कर मौलाउँदै गएका छन् ।
आरआईटीले बेलौरीमा थप तस्करी रोक्न तस्करमा संलग्न सहितलाई नियन्त्रणमा लिएर तस्करको जालो पत्ता लगाउने संकल्प गरेको छ ।

ताजा समाचार