काठ तस्करको नयाँ जुक्ति बालुवा भित्र लुकाएर चिरानको काठ तस्करी गर्दा प्रहरी फन्दामा

पुष्कर भट्ट / कञ्चनपुर
लकडाउनको मौका छोपी कञ्चनपुरका काठ तस्करले नयाँ नयाँ जुक्ती अघि सारेका छन् । सिधै रुख काट्नेदेखि बालुवाभित्र काठ तस्करी गरिरहेका छन् । कोरोनाले आक्र्रान्त बनाएको कञ्चनपुरमा यस अघि जिउँदै रुख काट्दै आएका तस्कर नियन्त्रणउन्मुख भएका बेला चिरानको काठ तस्करी गर्दा एक टेक्टर, काठ र एक जना प्रहरी फन्दामा परेका छन् ।

शनिबार सार्वजनिक विदाका दिन दिउँसो ४ बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत कृष्णपुर नगरपालिका २ वाणिमा से १ त ९३६४ टेक्टर गुडिरहेको थियो । बाहिरबाट हेर्दा टेक्टरले ट्रलीमा बालुवा बोकेर वाणिदेखि पुर्व अत्तरियातर्फ बोक्दै थियो, कसैले पनि यो टेक्टरले बालुवा नै ढुवानी गरिरहेको थियो ।
शनिबार होस, वा कुनै अरु बार निजी टेक्टरले निजी वा व्यवसायिक काम गर्नु स्वभाविक पनि हो ।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट परिचालन गरिएको क्षेत्रीय अनुसन्धाट टिम(आरआईटी)को टोलीले टेक्टर राजमार्गबाट नियन्त्रणमा लियो । बालुवा बोकेको टेक्टर किन नियन्त्रणमा लियो भन्ने चालक र प्रहरीविच वादविवाद भयो । सडकमा ति प्रहरीले विवाद गर्न चाहेनन् । सिधै नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय वाणिमा जब टेक्टर पु¥याईयो । टेक्टर वन भित्र पु¥याएपछि बालुवा हन्याउन लगाईयो त्यो बालुवाभित्र चिरान गरेको काठ तस्करी भईरहेको रहस्य खुल्यो । प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआईटी)को टोलीले चिरान गरेको काठ तस्करी गरिरहेका चालक समेत रहेका टेक्टर मालिक गणेश प्रशाद अवस्थीलाई नियन्त्रणमा लिएर टेक्टर वन कार्यालयमा लगेका थिए ।

‘हामीलाई शंका थियो, ‘यो टेक्टरमा बालुवा राखेर काठ तस्करी भईरहेको छ, ‘आरआईटीका एक प्रहरीले भने, ‘मानिस सहित नियन्त्रणमा लियौँ, वनमा बुझाईदिए ।’ उनका अनुसार वालुवाभित्र १ देखि ७ फिटसम्मका १ सय ४६ थान चिरान काठ बरामद गरिएको छ । पक्की घरमा परियोजनका लागि पल्ला, चौखट, भेन्टीलेशन, झ्याल बालुवाभित्र लुकाईएका थिए । बालुवाभित्र काठ लुकाएर ओसार्ने काम गैर कानुनी र नियत नै खराब भएकाले काठ तस्करको पृष्टभूमी सहित सुक्ष्म छानबिन गरेर दोषि उपर र संलग्नमाथि कार्बाही गर्न सरक्षणकर्मीले माग अघि सारेका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरले बरामद गरिएको चिरानको काठ अवैध भएको जनाएको छ । प्रहरीले बरामद गरेको काठ सव डिभिजन वनबाट आइतबार डिभिजन वन कार्यालय ल्याएर कार्बाही प्रकृया अघि बढाईने छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले वन ऐन अनुसार कार्बाही प्रकृया अघि बढाईने बताए । ‘घरको काठ भनेर कसैले गैर कानुनी तरिकाले ओसार्न पाईदैन, ‘उनले भने, ‘यस्तो कार्य गर्नेमाथि कार्बाही गरिन्छ ।’ कृषि प्रयोजनका लागि केही अनुदान केही निजी व्यक्तिले खरिद गरेका टेक्टर बालुवा बोक्ने नाममा काठ तस्करीमा संलग्न भएपछि कञ्चनपुरका टेक्टरमाथि आशंका उब्जाएको छ । बालुवा वा अन्य कृषिजन्य पदार्थ ढुवानीका नाममा हुने अवैध तस्करी रोक्नतर्फ ध्यान केन्द्रीत गराउन वनले प्रहरीसंग आग्रह गरेको छ । संरक्षणकर्मीले कसैको संरक्षण एव मिलोमतोमा भएकाले कहाँ काठ चिरान गरेर अवैध रुपमा तस्करी भईरहेको बारे समेत खोजबिनमा जोडदिएका छन् ।

ताजा समाचार