पुनर्वासमा आगामी बर्ष भित्र सम्पूर्ण जमीनमा सिचाई सुविधा पुग्ने

 यस बर्षमात्रै चारवटा डिपवेल बोरिङ कार्य हुँदै, स्थानीय कृषकमा खुशीको लहर

-सुनिलकुमार लो

गत हप्तामात्रै पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले चारवटा डिपवेल बोरिङ गाडने कार्यको शिलान्यास गरे । वडानम्बर १, २, ५ र १० मा । आकाशे बर्षाको भरमा खेती गर्नुपर्ने पुनर्वासका स्थानीय डिपवेल बोरिङ गाडिन थालेपछि खुशी भएका छ्न ।

उनीहरूले पुनर्वासमा रहेको सिचाइको समस्यालाई सम्बोधन गरेकोमा नगरप्रमुख जीवनराज थापाको नेतृत्वमा रहेको नगरपालिका टिम र वर्तमान सरकारको मुक्त कण्ठले प्रशंसा गरेका छ्न । नगरप्रमुख जीवनराज थापाले पुनर्वासमा डिपवेल बोरिङका लागि आफुहरुले निरन्तर प्रदेश सरकार र केन्द्र सरकारलाई झक्झकाईरहेको बताए । यस कार्यमा पहल र प्रयास गरीदिएकोमा खानेपानी मन्त्री बिना मगर र प्रदेश सभासद तारालामा तामाङलाई धन्यवाद दिए ।

नगरप्रमुख थापाले आगामी बर्ष पुनर्वासमा ४/५ वटा डिपवेल बोरिङ आउने र सम्पूर्ण बोरीङ सञ्चालन भए आगामी बर्ष भित्र पुनर्वासका सम्पूर्ण जमिनमा सिचाइ सुविधा पुग्ने बताए । हाल नगरपालिकामा १० वटा सञ्चालन डिपवेल सञ्चालनमा रहेको र १५ वटा बोरिङ गाडने काम भईरहेको र एउटा बोरिङले ६० / ६५ बिगाह क्षेत्रफल जमिनमा सिचाइ गर्न सकिने पुनर्वास ४ का वडाध्यक्ष प्रेम बस्नेतले बताए । बोरिङको गहिराई ३३० देखी ४२० फिट हुने, एउटा बोरिङको लागत ईस्टिमेट २५ लाख भएपनी आफुहरुले १८ लाखमा काम गरीरहेको तथा आगामी २/३ दिन भित्रै बोर गर्ने काम सम्पन्न हुने उच्चाकोटी ट्युबवेल ड्रीलिङ कम्पनी प्रालि धनगढीका डाईरेक्टर भोजराज रेग्मीले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तरगतको जलश्रोत तथा सिंचाइ विभाग समृद्ध तराई मधेस सिचाइ विशेष कार्यक्रम, जाउलाखेल ललितपुरबाट टेण्डर आव्हान भई उच्चाकोटी ट्युबवेल ड्रीलिङ कम्पनी प्रालिको नाममा ठेक्का सदर भई काम भईरहेको समेत डाईरेक्टर रेग्मीले बताए ।

ताजा समाचार