पानी आए सँगै घर बारि समेत डुबानमा

भीमदत्त नगरपालिका वडा नम्बर २ को स्वस्थानि टोलमा असारको २० गते आएको पानीले एक दर्जन घर बारि, धान खेतहरु समेत डुबेका छन ।


भर्खर लगाइएको धान भन्दा माथि २/३ फिट जति पानी रहेको छ । बारिहरुमा लगाइएका बर्खे तरकारिहरु फर्सी, लौका, भिण्डि, करेला, तोरिया आदि डुबान परेका छन भने घाम लागेसङ्गै कुहिने सुक्ने चिन्ता स्थानियमा छ ।

यश टोलमा गत महिना नहरमा बाटो निर्माण भएको र पानी जाने नालिहरु अतिक्रमण गरि पक्कि संरचना बनाइएका कारण पानी थुनिन पुगेको स्थानियको भनाइ छ ।

वडा अध्यक्ष डम्मर कार्किले टोल बासि मिलेर जानकारि सहित आए समस्या समाधान गरिने बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds