बझाङ पहिरोमा पुरिएका ३ जनाको शव फेला, ७ बेपत्ता उद्दारकार्य जारी

बर्खा यामसंगै सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला केदास्यु गाउँपालिका–८ मल्लेसीमा पहिरो गएको थियो ।

पहिरोमा परि  १७ घर पुरीए‍का थिए। खोजीजारी संगै शनिवार ३ जनाको शव निकालिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका छन् ।

उनका अनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा र ११ वर्षीय प्रयागराज जेठाराको शव भेटिएको छ । भने अन्यको शव पुरिएको र फेला पारेको छैन् । जसमा बेपत्ता भएकाहरुमा ८० वर्षीय दले जेठारा, २० वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र सात वर्षीया शान्ता जेठारा रहेको उहाँले घटनास्थलबाट जानकारी दिनुभयो ।

पहिरोमा पुरिएकी रामदेवी जेठाराका मृत भेटिएका छोरा प्रयागराज सहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छिन् । पुरिएका घरको पशु चौपायसहित अन्य खाद्यान्न, धन सम्पत्ति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभएको छ ।

ताजा समाचार