“राजा आउ देश बचाउ ” भन्दै महेन्द्रनगरमा प्रर्दशन

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरस सनत्रासको बेलामा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा “राजा आउ देश बचाउ ” भन्दै प्रर्दशन गरिएको छ।

सनिवार राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राज संस्थाप्रती आस्थावान स्थानीयले राजा आउ देश बचाउ भन्दै महेन्द्रनगर बजार बाजागाजाका साथ परिक्रमा गरि प्रर्दशन गरेका हुन्।

नेपालमा राजनीतिका नाममा देश नै धरापमा रहेको यो विषम परिस्थितिमा कालापानी ,लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्दै अब राष्ट्रियताको संरक्षणका लागि देशमा राजाको आवश्यकता रहेकाले प्रर्दशन गरिएको उनीहरुले बताएका छन्। उनिहरुले कुनै राजसंस्था बिना राष्ट्र र राष्ट्रियता जोगिन नसक्ने भएकाले अहिलेको आवश्यकता राजा भएको समेत प्रतिक्रिया दिएका छन्।

ताजा समाचार

This will close in 10 seconds