प्रेममा कुरा नमिल्दा पानीमा हामफाली वेपत्ता भएका युवको शव फेला

प्रेमराज भट्ट
प्रेममा क्ुरा नमल्दिा शुक्रबार विहान ११ बजे भीनपा १ स्थित मुल नहरमा हाम फालेका युवाको शव शनिबार ९ः३० बजे भेटिएको छ ।भmण्डै २२ घण्टा पछि उनको शव हामफालेको स्थान नजिकै नेपाली सेना र स्थानिय युवाहरुले फेला पारेका हुन ।


भीनपा –२ उल्टाखाम चौधरी आर्दश टोल बस्ने वर्ष २३का राकेश चौधरी र भीनपा –२ महौलिया बस्ने वर्ष २२ की रेनुका चौधरी विच प्रेम सम्बन्ध रहेको थियो । स्थानियका अनुसार उनीहरुको आपसमा कुरा नमिल्दा युवतीले पहिले हाम फाले पछि युवकले पनि हाम फालेका थिए । युवतिलाई सुनिल लामा लगायत वडा नं. १ अध्यक्ष आसिफ कुँवर (भन्टु)ले बचाउन सफल भएका थिए भने युवकको लास भेटिएको थिएन् ।


युवक नेपाली सेनामा काम गर्दै आइरहका थिए । केही दिन अघि मात्र उनि विदामा घर आएका थिए । उनी आमा बुवाको एक मात्र छोरा र उनको दुई दिदि रहेको स्थानियले बताए । अविवाहित रहेका दुवै शुक्रबार विहान भेट गरे पश्चात आपसमा कुरा नमिल्दा मुलनहरमा हामफलेका थिए । युवा युवतिले किन यस्तो निर्णय गर्नमा पुगे त्यसको अनुसन्धान भई रहेको र प्रारम्भीक अनुसन्धानमा प्रेममा खटपट भई यस्तो निर्णय गरेको प्रहरी अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री बताए ।

चौधरीको शव महाकाली अस्पतालमा पोष्टमार्टम भैरहको छ ।

ताजा समाचार

This will close in 10 seconds