प्रेममा कुरा नमिल्दा युवा युवतीले पानीमा हाम फालेर गरे आत्महत्या गर्ने प्रयास

प्रेम भट्ट
प्रेममा कुरा नमिले पछि केटाले पानीमा हाम फालेका छन् । त्यसको केही बेरमा उनी सँग रहेकी प्रेमीकाले पनि पानीमा हाम फालेकी छिन् ।

विहान अन्दाजी ११ बजे भीमदत्तनगरपालिका २ वस्ने वर्ष २३ का राकेश चौधरीले प्रेमीका सँग कुरा नमिल्दा भीमदत्तनगर वडा नं. १ स्थित रहेको मुल नहरमा हामफाले पछि उनी सँगै रहेकी भीनपा २ महुललिया बस्ने वर्ष २२ कि उनकि प्रेमीका रेनु चौधरीले पनि पानीमा हामफालेकी थिईन । केही बेरमै बाटोमा हिडीरहेका सुनिल लामाले पानीमा डुबीरहको देखे पछि हामफालेर युवतीलाई पानी बाहिर ल्याएका थिए सोही स्थानमा रहेका वडा नं. १ का अध्यक्ष आसिफ कुँवर (भन्टु) र महेन्द्र मल्लको सहयोगमा उनीलाई बचाउन सफल भएका छन् । युवतीलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचार पछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ भने युवक अहिले सम्म फेला पर्न सकेका छैनन् । नहरको पानी घटाएर वेपत्ता भएका युवकलाई खोजने काम जारी रहको छ ।

नेपाली सेनामा काम गर्दै आईरहेका चौधरी केही दिन अघि मात्र दिपायल व्यारेकबाट विदामा घर आएको उनको आन्टीले बताऐकी छन् । युवक नेपाली सेनामा कार्यरत भएकोले पानीमा हामफालेको केही बेर पछि निस्केर भागेको हुन् सक्ने स्थानियहरुले अनुमान लगाएका छन् भने अहिले नै केही भन्न नसकिने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनजङ्ग बुडाथापाले बताए । अहिले अनुसन्धान चलिरहेकोले जब सम्म जिवित वा मृत्य फेला पर्दैन् तब सम्म केही भन्न नसक्निे उनले बताए ।

ताजा समाचार