लकडाउनको समयमा लिईएको शुल्क फिर्ता गराउन ज्ञापन

विभिन्न शैक्षिक माग राखेर अखिल क्रान्तिकारी कञ्चनपुरले शिक्षा कार्यालयम ज्ञापन पत्र बुझाएको छ । शुक्रबार अखिल क्रान्तिकारीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई केन्द्रमा ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी कञ्चनपुरका नेता शंकर महराले बन्दाबन्दी (कलडाउन)को समयको लिईएको शुल्क फिर्ता गराउन र शुल्क लिने निजि विद्यालयलाई कार्वाहीको माग अघि सारेर ज्ञापन बुझाएको बताए ।

उनका अनुसार क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष ललित एसके सहितका नेताहरुले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाएकोछ । ज्ञापन पत्रमा निजि विद्यालयद्वारा अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीलाई भर्ना शुल्क र अन्य शुल्क तिर्न दिईएको दबाब रोक्न र हाल शुल्क नउठाउन निर्देशन जारी गर्नपर्ने,कमिशनको चलखेलमा निजि विद्यालयहरुले प्रत्येक वर्ष मनपरी ढंग बाट बदल्ने पाठय पुस्तक यो वर्ष पुरानै पाठक पुस्तक कायम गराउनु पर्ने, सामुदायिक विद्यालयमा समेत भर्नाको नाममा शुल्क उठाएको देखिन्छ, उतिर्ण सम्पुर्ण विद्यार्थीहरु लाई निसर्त माथिल्लो कक्षामा भर्ना गर्नुपर्ने माग अघि सारेको छ ।

गाउँरटोल शिक्षा मार्फत विद्यार्थीलाई पढाउने व्यवस्था गर्नुपर्ने , राजनीतिक चलखेल र भागबन्डाका आधारमा हुने शिक्षक दरबन्दी मिलान प्रक्रिया रोकी विषयगत रुपमा , विद्यार्थी संख्या र कक्षा संख्याको आधारमा न्यायोचित र निष्पक्ष ढङ्ग बाट शिक्षक दरबन्दी मिलान गरिनुपर्ने माग अघि सारेको हो ।

ताजा समाचार

This will close in 10 seconds