कञ्चनपुरको चौथो जिल्ला सभा शुरु

कञ्चनपुर जिल्लाको चौथो जिल्ला सभा शुरु भएको छ । शुक्रबारदेखि जिल्ला समनवय समितिको हलमा सभा शुरु भएको हो । सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले सभाको उद्घाटन गर्नुभयो । सभामा जिल्लाभरीका सबै पालिकाका प्रमुख, उपप्रमुख जिल्ला समन्वय समितिका सदस्य सहभागी छन् ।

जिल्ला सभाले जिल्लाका सबै स्थानीय तहका बिचमा समन्वय गर्न योजना निर्माण गर्दछ । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङको अध्यक्षतामा भएको सभामा सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरु तारालामा तामाङ, लाल बहादुर खड्का, महेशदत्त जोशी, प्रकाश रावल, मानबहादुर सुनार, कुलबीर चौधरी, देवराज पाठक र श्यामलाल रानाले समेत मन्तव्य राखे ।

यसैगरी नेकपा कंचनपुरका अध्यक्ष बिरबहादुर थापा, नेपाली काङ्ग्रेसका जिल्ला सचीव दिवाकर पाण्डेय, राष्ट्रिय जनमोर्चा कंचनपुरका अध्यक्ष रामबहादुर कार्की, नागरिक समाजका अध्यक्ष भवराज रेग्मीले शुभकामना दिएका छन् । जिल्ला शभा असार १९ र २० गते दुइदिन सम्म चल्नेछ । दुईदिनसम्म संचालन हुने सभामा जिल्लाको समसामयिक विषयमा छलफल भएर नीति तथा कार्यक्रम तयार गरिनेछ ।

ताजा समाचार