ब्याक गरेर मोटरसाईकल चालकमाथि पानी टिप्पर चढाईयो

पुनर्वासमा टिप्पर आतङ्क

  • लाल ब एसके

कञ्चनपुरमा टिप्पर आतङ्क अझै रोकिएको छैन् । गत माघमा र फागुनमा टिप्परले महिला र बालक दलेको तीन महिनापछि फेरी कञ्चनपुरको पुर्नवास नगरपालिका १ मा एक युवकलाई पानी बोक्ने टिप्परले युवकलाई ठक्कर दिएको छ ।

शुक्रबार बिहानतिर से१प १७४ नम्बरको पानी बोक्ने टिप्परले से१क ६४२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक योगेन्द्र सिह ठकुरीको मृत्यु भएको छ । पुनर्वासका स्थानीय सामेल तामाङ्गले हुलाकी राजमार्ग अन्र्तरगत पानी बोक्ने टिप्परले ठक्कर दिदा पुनर्वास नगरपालिका ७ (च) गाउँका योगेन्द्र सिह ठकुरीको घटना स्थलमै मृत्यु भएको बताए छ । उनका अनुसार ठकुरी ११ बर्षिया भाँन्जा प्रविन तामाङ्गलाई लिएर बेलौरी तर्फ जादै थिए ।

पुर्नवास नगरपालिका १ क्षेत्रमा पुग्दा पानी बोक्ने टिप्परले ठक्कर दिएको थियो । मृतक ठकुरीले चलाएको मोटरसाईकल पछाडी बसेका प्रविनले टिप्परले ठक्कर दिएपछि ब्याक गरेर मामालाई दलेको बताए । ‘म पछाडी बसेको थिए, ‘टिप्परले ठक्कर दियो, ‘उनले भने, ‘म सडक बाहर ढले चालकले ब्याक गरेर मामालाई दलेर मारिदियो ।’ ब्याक गरेर मारेपछि आक्र्रोसित स्थानीयको भिडले सो टिप्पर सहित बा १क ९७८४ र बा १ क ६९३६नम्बरका टिप्पर समेतमा आगजनी गरेका छन् । स्थानीयले ब्याक गरेर मारेको भन्दै चालकमाथि कार्बाहीको माग अघि सारेका छन् । परिवारले शव समेत उठाएका छैनन् । फरार रहेका चालकको खोजिकार्य भईरहेको पुनर्वास प्रहरीले जनाएको छ । पुनर्वास प्रहरी इन्चार्ज वकिल बहादुर सिहले घटना बारे अनुसन्धान भईरहेको बताए ।

स्थानीयको आक्र्रोसित भिडले दुर्घटना भई हत्या भएको आरोप लगाएका छन् । सिद्धार्थ युवा क्लबका पुर्व अध्यक्ष जितराज तामाङ्ग घटनामा चलखेल भए पुन आन्दोलनको चेतावनी दिए । उनले यस अघि विभिन्न घटनामा मिलोमतो हुने भएकाले घटनालाई कानुन अनुसारै कार्बाही गर्नुपर्ने बताए ।

ताजा समाचार