मदिराले लठठ् भएका वडाध्यक्ष नाथले महिलासंग एक किस माग्दा..

  • पुष्कर भट्ट

कञ्चनपुरका एक जनप्रतिनिधी ब्रम्हेदब बजारको मदिरा होटलमा लठ्ठ हुने तरिकाले मदिर सेवन गरे । नेपाली दाउरासुरुवाल लगाएर मदिरा खान होटलमा बसेका वडाध्यक्ष नाथलाई होटेल संचालिक महिलाले दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । ब्रम्हेदबको मदिरा होटलकी संचालिक महिलाले शुक्रबार ४ बजे दिउँसोदेखि राती ८ बजेसम्म भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले होटलम मदिर सेवन गरेको बताएकी छिन ।

महिलाले वडाध्यक्ष नाथले आफुसंग रामी छौँ, एक किस खान देउ र एक सात मसंग बसिदेउ भनेको बताईन । ‘विवाह गरेपनि नगरेछी जस्ती छेउ, कति राम्री भनेर आफु चरित्रमाथि उनले प्रश्न गरे, ‘महिलाले भनिन, ‘तपाईले म माथि के सोच्नुभयो, भनेर मैले प्रति प्रश्न गरे ।’ आफुसंग दुव्र्यवहार गर्दा भाई आएर समातेर ब्रम्हदेब प्रहरी चौकीमा पु¥याएको उनले बताईन् ।

एक बर्षदेखि वडाध्यक्षसग चिनजान भएको बताउदै ति महिलालले आफ्नो ईज्जतमा खेलवाड गरेको भन्दै कार्बाहीको माग अघि सारिन् । ‘यहाँबाट तलमाथितिर जाँदा म नमस्कार गथे, ‘महिलाले भनिन, ‘सोच्दै नसोचेको घटना भयो ।’ होटेलकी मालिकीन संग एक किस खान देउ भनेपछि उनको चरित्र उदाङगिएको स्थानीयको भनाई छ । स्थानीयले शुक्रबार राती वडाध्यक्ष जस्तो सार्वजनिक पद धारण गरेका व्यक्ति नै जड्याहशैलीमा मदिरा सेवन गरेर महिलामाथि कुदृष्ट्री राखेको भन्दै बिरोध गरेका थिए । घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग राख्दै स्थानीयले राती नै बजारमा प्रर्दशन र बिरोध गरेका थिए । ब्रम्हदेब प्रहरीचौकीमा ढुङ्गामुढा प्रहार गरेका थिए ।

वडाध्यक्ष राम नाथले भने घटना भने अनुसार रतिभर समेन नभएको बताएका छन् । उनले राजनीतिक प्रतिशोधका आधारमा कृतिक रुपमा घटना घटाईएको बताएका छन् । ‘मैले महिलामाथि दुव्र्यवहार कुनै अपमान हुने शब्द प्रयोग गरेको छैन, ‘वडाध्यक्ष नाथले भने, ‘ममाथि षड्यन्त्र भएर फसाउन खोजियो ।’ वडामा आफुले अतिक्रमणको चपेटमा परेको सार्वजनिक जमिन बचाउन खोज्दा केही अतिक्रमणकारीले आफुमाथि षड्यन्त्रको उपज भएको उनले बताए । वडामा आफुले गरेको विकास देखेर केही विकास बिरोधी समुहले प्रपञ्च रचेर आफुलाई बदनामित गराउन षड्यन्त्र रहेको उनको भनाई थियो ।

केही महिना अघि शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्षलाई पनि बलात्कार मुद्दामा फसाउन एउटा युवती खोजेर भिडाउनुपर्छ भन्ने नवराज धानुकको स्थानीयलाई उस्काएको अडियो प्रकरणको भीनपा ९ मा पनि पुर्नवृत भएको केही वडाध्यक्षले बताएका छन् । उनीहरुले वडाध्यक्ष नाथलाई फसाउन यस्तो प्रपञ्च रचिरहेको बताएका छन् । भने स्थानीय समाजसेविले दाउरा सुरुवालमै मदिरा सेवन गर्न नहुने सुझाव दिएका छन् । घटना बारेमा अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता केशव बहादुर थापाले वडाध्यक्ष नाथलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए । ‘हामीलाई मौखिक उजुरीका आधारमा वडाध्यक्षलाई नियन्त्रणमा लिएका हौँ, ‘उनले भने, ‘घटना बारे थप अनुसन्धान भईरहेको छ ।’

ताजा समाचार

This will close in 10 seconds