भीमदत्तमा किसानलाई कृषि उपकरण सहयोग

भीमदत्त नगरपालिकाका किसानहरुलाई कृषि उपकरण सहयोग गरिएको छ । भीमदत्त नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । भीमदत्त नगरपालिकामा नगर प्रमुख सुरेन्द्र विष्टले बुधबार किसानहरुलाई कृषि उपकरण प्रदान गरेका छन् । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा कृषि उपकरण वितरण गरिएका छन् ।

कार्यक्रममा नगर प्रमुख विष्टले कृषि उपकरणबाट किसानलाई कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने बताए ।
नगरपालिका क्षेत्रका विभिन्न वडाका वासिन्दालाई उपकरण दिइएको छ । त्यसमा कृषक समूह, फर्म र व्यक्ति समेत  छन् । भीनपा १७ को हुनैनाथ कृषक समूह मल्टि प्रपज पावर टिलर दिइएको छ । धान काट्ने, चुट्ने लगायतका कार्य एकसाथ पावर टिलरबाट गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् ।
भीनपा ७ को महेश्वर पशु तथा कृषि समूह, भीनपा ६ का इन्द्रा भट्ट, भीनपा १९ का कृष्णदत्त जोशी, भीनपा १७ बैजनाथ कृषक समूह, दिपज्योति कृषक समूह, भीनपा ९ का करन र भीनपा १० लाली गुराँस महिला कृषक समूहलाई धान चुट्ने थ्रेसर मोटर सहितको मेसिन प्रदान गरिएको छ ।

भीनपा १२ को एकता कृषक समूहलाई धान चुट्ने थ्रेसर र धान काट्ने मेसिन दिइएको छ । भीनपा ५ को ब्रजनाथ कृषक समूहलाई धान चुट्ने र भीनपा १९ को एमडी फलफूल खेती तथा भैसी पालन फर्मलाई धान काट्ने मेसिन सहयोग गरिएको छ ।  भीनपा २ को राष्ट्रिय कृषक समूह र भीनपा ९ का सुन्दर सिह धामीलाई कम्बाईल मिल दिइएको छ ।कृषि उपकरण वितरण कार्यक्रममा नगर प्रमुख विष्ट सहित नगर प्रवक्ता हिमाल बहादुर चन्द, कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेय, कृषि प्राविधिक निरज शर्मा लगायतका सहभागी भएका छन् ।
चालु आर्थिक वर्षको वित्तिय समानीकरणको बजेटमा किसानलाई कृषि उपकरण वितरण गरिएका हुन् ।

ताजा समाचार

This will close in 10 seconds