कोरोना संक्रमित क्वारेन्टाईनबाट सिधै आईशोलेशनमा

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका एक युवकमा कोरोना पुष्टी भएको छ । क्वारेन्टाईनमा बसेका बेलौरी वडा न. ३ का २२ बर्षिया युवकमा कोरोन पुष्टी भएको हो ।

भारतबाट आएका ति युवकमा आर डि टी पोजेटिभ देखिएपछि बेलौरी नगरपालिकाले पिसिआर बिधीबाट कोरोना परीक्षणका स्वाब संकलन गरेको थियो । जनस्वाथ्य प्रयोगशाला टेकुमा उनको स्वाब नमुना परीक्षण गरिएको थियो । बेलौरी नगरपालिका “कोडिभ-१९” का संयोजक मान बहादुर चन्दले कोरोना पुष्टी भएपछि युवकलाई क्वारेन्टाईनबाट सिधै आईशोलेनमा राखिएको बताए । ‘भारतबाट फर्किएका युवकमा आरडिटी गर्दा पोजेटिभ देखियो, ‘चन्दले भने, ‘हामीले पिसिआरका लागि नमुना संकलन गरेर परीक्षणका लागि पठाएका थियौँ, रिर्पोट आएकै दिन सिधै क्वारेन्टाईनबाट आईशोलेनमा राखिएको छ ।’ युवकको स्वास्थ्य समान्य रहेको उनले बताए ।

यससंगै बेलौरीमा कोरोना संक्रमितको संख्या ३०पुगेको छ । कोरोना रोकथामका लागि बेलौरीमा भारतबाट आएका विभिन्न क्वारेन्टाईन राखिएका छन् । भने आईशोलेनमा राखिएकाको उपचार भईरहेको छ ।

ताजा समाचार