महाकाली अस्पतालको मुल गेटमा हेण्डवास मेसिन

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको महाकाली अस्पताल मुल गेटमा हेण्डवास मेसिन राखिएको छ । निड्स नेपालले महाकाली अस्पताललाई हेण्डवास मेसिन दिएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले अस्पताल सम्वेदनशिल क्षेत्र भएकाले कुनैपनि व्यक्तिले प्रवेस गर्दा हात धोएर जाँदा जोखिम न्यूनिकरण गर्नका लागि मेसिन दिएको बताए । उनका अनुसार खुट्टाले थिच्दा साबुनपानी आउने छ । मेसिन यूनिसेफको आर्थिक सहयोगमा खरिद गरिएको हो । यस्तै महाकाली अस्पताल जस्तै कैलालीको मालाखेती अस्पताल र कृष्णपुरको स्वास्थ्य केन्द्रमा समेत जडान गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक रेग्मीले बताए ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले मुल गेटमै मेसिन राख्दा सबैले हातधुएर भित्र आउँदा जोखिम न्यूनिकरण हुने बताए । अध्यक्ष जोशीले मेसिनबाट हात धोएर प्रवेस गर्दा आफु र अरुलाई पनि जोखिमबाट बचाउन सकिने बताए ।

ताजा समाचार