मानिसको ज्यान लिने क्वारेन्टाईन सुधारको माग

विश्वव्यापी रुपमा फैलिएको महामारी ‘कोभिड-१९’ कोरोना भाइरसले विश्व नै त्रसित बनेको विषम परिस्थितिमा महेन्द्रनगरको मदन चौकमा देखियो अनोठो तस्बिर जसमा कञ्चनपुरका स्वतन्त्र युवाहरुले मानिसको ज्यान लिने क्वारेन्टाईन सुधारको माग अघि सारेका छन् ।

‘कोडिभ-१९’ रोकथामका लागि सरकारले १० औँ खर्ब खर्च गरिसक्दा पनि क्वारेन्टान ज्यानलिने गृहका रुपमा विकसित भईरहेकाले सुधारको माग गरेका हुन् । बुधबार स्वतन्त्र युवाहरुले महेन्द्रनगरमा हातमा पुस्तक समातेर मौन आन्दोलन गर्दै क्वारेन्टाईन सुधार गर्न सरकारको ध्यानाकर्षण गराउन एकघण्टा मौन आन्दोलन गरेका हुन् ।

स्वतन्त्र युवाको आन्दोलनको भूमिका निर्वाह गरेका धिरज जोशीले सरकारले क्वारेन्टाईन सुधार नगरको बताउदै सुधारका लागि दवाव दिन हातमा पुस्तक संगै मौन आन्दोलन थालिएको बताए । उनले काठमाण्डौँमा आन्दोलनरत युवाको जिवन रक्षाको माग अघि सारेका छन् । युवाहरुले कोडिभका नाममा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।

ताजा समाचार