न्यू कृषक सेवा केन्द्र व्यवसायी लम्साल भन्छन् ‘सलह किरा ल्याउनेलाई पैतिस रुपैंया दिन्छु’

  • प्रेमराज भट्ट

भारतका विभिन्न क्षेत्रमा किसानले लगाएको नालीबाली सखाप पारेसंगै नेपालको पूर्वी तराईका जिल्लामा अहिले सलह किरा प्रवेश गरेको छ । यहि परिप्रेक्ष्यमा सरकारदेखि विभिन्न व्यावसायीक प्रतिष्ठानहरुले सलह किरा मारेर ल्याउनेलाई फरक फरक दर रेटमा किन्ने घोषणा गरिरहेका छन् ।

यसैवीच कैलालीको धनगढीमा आफ्नो व्यवसाय संचालन गर्दै आएका व्यवसायी लोकेन्द्र लम्सालले सलह किरा कंचनपुर र कैलाली लगायतका जिल्लाामा समेत प्रवेश गर्नै लागेको भन्दै सलह मारेर ल्याएमा आफुले प्रति के.जी सहल रु ३५ का दरले किन्ने वताएका छन् । वुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लम्सालले सो कुरा वताएका हुन् । म संग कुखुरा पालक किसान सम्पर्कमा रहेका छन् उनीहरुले कुखुराका लागी दानाका रुपमा लानु हुन्छ व्यवसायी लम्सालले भने , ‘किसानले सलह मारेर ल्याए सरकारले तोकेको भन्दा बढी मूल्यमा किन्छु, कसैले रु.२० मा त कतिपयले रु.२५ मा किन्छु भनिरहेका छन् मैले रु.३५ मा किन्छु’ ।

सरकारले किन्ने भन्नेमात्रै कहाँ किन्ने हो उनले प्रश्न गरे । उनले खरिद केन्द्र सम्म लाग्ने गाडी भाँडा कस्ले तिर्छ उनको अर्को सवाल थियो । लम्सालले सरकारले हरेक निर्णय हचुवाको तालमा लिने गरेको गुनासो सुनाए । कृषि क्षेत्रमा विचौलीया मौलाएको भन्दै उपभोक्तालाई ठगि भईरहेको वताए । गुणस्तर विउविजन केन्द्रको अधिकार प्रदेश र स्थानिय तहमा जान नसकेको र कृषक तथा कृषि क्षेत्रका लागी अव्यवहारिक निति नियमहरु निर्माण भएको भन्दै त्यसलाई परिमार्जन गर्न सुझाव समेत दिए । लकडाउनले गर्दा किसानहरुले समयमै विउविजन र मलखाद समेत प्राप्त नगरेकोे भन्दै राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कंचनपुुर ईन्चार्ज समेत रहेका लम्सालले किसानका समस्याप्रति तिनै तहका सरकार वेखवर रहेको र टालटुले कदम मात्रै चाल्ने गरेको आरोप लगाए ।

राज्यले आफै सलह किन्ने भन्दा पनि किसानलाई पर्ने दिर्घकालीन असर तथा राहतका कार्यक्रम ल्याउन आग्र्रह गरे । मल खाद्य सहज उपलब्ध हुनुपर्ने वताए । धनगढीको एलएन चोकमा न्यू कृषक सेवा केन्द्र मार्फत किसानलाई सेवा दिदै आएका व्यवसायी लम्सालले आफ्नो दुई वर्षे अनुभव सुनाउदैं वजारमा एकाधिकार रहेको दावी गरे । यसलाई चिर्न संयुक्त प्रयासको अपरिहार्यता रहेको वताए । कृषिमा रसायनिक मल अत्याधिक प्रयोग भईरहेको भन्दै त्यसलाई निरुत्साहित गर्दै प्रांगारिक मलको प्रयोगलाई बढावा दिनुपर्ने मा उनको विशेष जोड थियो ।

ताजा समाचार

This will close in 10 seconds