कञ्चनपुरमा आमाछोरी कोरोना संक्रमित

कञ्चनपुरको बेदकोट नगरपालिका वडा न.२ जडेपानीमा आमा र छोरीमा कोरोना देखिएको छ । तीन साता अघि भारतबाट आएका उनीहरुमा कोरोना देखिएको छ ।

५ बर्षिया बालिका र २७ बर्षिया आमामा कोरोना संक्रमित देखिएको हो। उनीहरुको उपचारका लागि महाकाली अस्पताल पठाईएको बेदकोट २का वडाध्यक्ष नरेश सिहले बताए । उनका अनुसार आमाछोरी भारतबाट आएर क्वारेन्टाईनम बसेका थिए । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बेदकोट नगरका आमा छोरी सहित ९ जनामा कोरोना पृष्टी भएको थियो ।

महकाली अस्पतालमा बेदकोट नगरका ९ जना सहित २१ जना उपचारार्थ छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले संक्रमितको आईसोलेशनमा राखेर उपचार भईरहेको बताए । कञ्चनपुरमा हालसम्म ३ सय १७जनामा कोरोना पृष्टी भएको छ ।

भने जसमध्ये करिब सय जना निको भएर घर े फर्किसकेका छन् । शुरुमै बेदकोट नगरका ४१ बर्षिया युवकमा कोरोना देखिएको थियो । यस अघि बेदकोट नगरका । दुई स्वास्थ्यकर्मी सहित कोरोना संक्रमित निको भएर घर गएका छन् ।

ताजा समाचार