महाकाली नदी पानीको बाहब बढेपछि तटबन्ध भत्किदै

  • डिल्लीराज पन्त

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महाकाली नदीमा निर्माण भएको तटबन्ध कटानी भईरहेको छ । भारतीय पक्षले धार्चुला स्थित धौलीगंगाको बाँध खोलिदिएपछि त्यसको प्रभाव कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न.११ भुजेला तटबन्धमा परेको हो ।

महाकाली नदीमा वाढि नआउँदै भारतीय पक्षबाट बाँध खोलिदिएपछि स्थानीय त्रसित भएका छन् । स्थानीय एव भीमदत्त नगरपालिका ११ का वडा सदस्य गिता ओलीले एक स्पर भत्काउन शुरु गरेको बताए । ‘माथिबाट एक्कासी पानी खोलिदिएको रहेछ, ‘उनले भनिन, ‘स्पर भत्काएको छ, पुर्ननिर्माणका लागि सम्बन्धीत पक्षसंग पहल भईरहेको छ ।’ कुमार श्रेष्ठ जेभीका ईन्जिनियर किशोर पाण्डेयले भत्किएको स्पर मर्मत गरिएको बताए । उनका अनुसार उक्त स्पर गत बर्ष निर्माण गरिएको थियो ।

निर्माण भएको बर्षदिनमै स्पर भत्किएपछि गुणस्तरमा स्थानीयले प्रशन गरेका छन् । स्पर भत्किएसंगै बाँध भत्किने र बस्तीमै पानी जाने भएपछि स्थानीय त्रसित भएका छन् ।

ताजा समाचार