सर्पले टोकेर बालकको मृत्यु

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) स्थानिय त्रासित बनेको बेला सर्पको त्रास पनि बढेको छ भने दिनप्रतिदिन विशालु सर्पले टोकेर मृत्यु हुनेको संख्या बढदै गएको छ । विशालु सर्पले डसेर कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १६का १४ बर्षिया बालक पर्वत गिरीको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका १६का वडाध्यक्ष सुरेन्द्र विष्टले गएराती घरमै सर्पले डसेको थियो । ‘घर परिवारले थाहा पाएपछि महाकाली अस्पताल लगे, ‘वडाध्यक्ष विष्टले भने, ‘महाकालीमा निको नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल तर्फ लग्दै थिए, विच बाटैमा मृत्यु भयो ।’ उनका अनुसार बुधबार बिहान १० बजेतिर कैलालीको अत्तरियामा मुत्यु भएपछि घर ल्याईएको छ ।

अस्पतला नपुग्दै बालकको मुत्यु भएपछि घर ल्याएर अन्त्येष्टी गरिएको छ । आकस्मिक रुपमा बालकको सर्पले डसेर मृत्युभएपछि घरपरिवार सहित स्थानीय शोकम डुबेका छन् । यस अघि पनि भीमदत्त नगरपालिका ३ लगायत कञ्चनपुरका विभिन्न ग्रामिण बस्तीमा सर्पले डसेर बालकले अकालमै मृत्युबरण गर्नु परेको छ । सर्पले टोकेपछि समयमै अस्पताल र अस्पतालमा समेत उचित उपचार नहुदा कञ्चनपुरका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । बर्षा र गर्मीसंगै जमिनमूनि बासस्थान रहेका सर्प धमाधम बाहिर निस्किदैछन् । काल बनेर आउने सर्पलाई मानिसले जित्न सकेका छैनन् ।

ताजा समाचार