महाकाली अस्पतालबाट कोरोना जितेर तीन जना डिस्चार्ज

कोरोना जितेर कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न. १का तीन जना डिस्चार्ज भएका छन् । महाकाली अस्पतालबाट एक साथ कृष्णपुर नगरपालिका १ का ५ बर्षिया रिदम बोहरा, २३ बर्षिया मञ्जु बोहरा र २४ बर्षिया यकेन्द्र बोहरा डिस्चार्ज भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस “कोडिभ-१९ ” को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २.३ (क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि उनी तीनै जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले तीन जना कोरोना संक्रमित निको भएर घर गएको बताए ।
अध्यक्ष बोक्सरका अनुसार उनीहरु तीनजना डिस्चार्ज भएसंगै बेदकोट नगरपालिकाका ९ जना अस्पतालमा आएका छन् । ‘बेदकोट नगरका एक बालिका सहित ९ जना आईसोलेशनमा राखेर उपचार भईरहेको छ, ‘अध्यक्ष जोशीले भने, ‘उनीहरुको उपचार भईरहेको छ ।’

 

ताजा समाचार

This will close in 10 seconds