जनता समाजवादी पार्टीको देश व्यापीविरोध प्रर्दशन

जनता समाजवादी पार्टीकाले मंगलबार नागरिकता विभेदकारी प्रावधान भन्दै देश व्यापी विरोध प्रर्दशन कार्यक्रम गरेको छ सोही कार्यक्रम अन्तर्गत कञ्चनपुरको भगतपुरबाट निकलेको ¥यालीले मदन चौकमा पुगेर कोण सभामा पारित भएको थियो ।

उक्त कार्याक्रममा नेता अम्बादत्त तिवारीले नागरिकता विधेयकमा विभेदकारी व्यवस्था राख्न नहुने बताएका छन् । मंगलबार  महेन्द्रनगरमा नागरिकता विधेयक विरूद्द आयोजित प्रदर्शनपछि मदन चौकमा कोणसभामा सम्बोधन गर्दै उनले राज्य व्यवस्था समितिले बहुमतबाट पारित गरेको नेपाल नागरिकता ऐेन संशोधन विधेयकमा संशोधन हुनुपर्ने बताए । नागरिकता देशका सबै नागरिकको नैसर्गिक अधिकार हो । कसैलाई अनागरिक बनाउने र समानताको युगमा महिला र पुरूष बिच विभेद गर्ने गरि बनेको विधेयक सच्याउनुपर्ने नेता तिवारीले भने विधेयक समानतामा आधारित र न्यायोचित नभएसम्म हामी रोकिने छैनौं ।

बिरोध कार्यक्रममा केन्द्रीय सदस्य सिता नागरी प्रदेश सदस्य शिद्धराज सोती नेता लोकराज भट्ट बिरोध कार्यक्रम का संयोजक राधेश्याम भट्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।

ताजा समाचार