अख्तियारकै छेउमा सरकारी जमिन अतिक्रमण गरेर वडा भवन बनाईदै

  • राजेन्द्र प्रशाद अवस्थी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरकै छेउमा सरकारी जमिन अतिक्रमण गरेर वडा भवन निर्माण भईरहेको छ । भीमदत्त नगरपालिका ४ नम्बर वडा कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डाडै चुनौति दिएर छेउमै सरकारी जमिन कब्जा गरेर भवन निर्माण गरिरहेको हो । बजेट पार लगाउनका लागि विघगित महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिन ९संघीय आयोजना कार्यान्वयन इकाई धनगढी० मातहत रहेको सरकारी जमिनमा धमाधम भवन निर्माण भईरहेको छ ।

वडा नम्बर ४ को भवन निर्माणका लागि भुकुटी मावि नजिकको नगरपालिकाकै स्वामित्वमा निर्माण गर्नुपर्ने भएपनि नगर विकास समितिको बाँकी जमिन स्वाहा पार्ने हिसाबले अख्तियारकै छेउ पुर्वतिर वडा भवन निर्माण हुन थालेपछि सरकारी जमिन संस्थागत अतिक्रमणको चपेटामा परेको छ । करिब ५ कट्टा भन्दा बढि क्षेत्रफल ओगटने गरि वडा कार्यालय भवन निर्माण भईरहेको छ । वडा भवन निर्माण कार्य सकारात्मक भएपनि सरकारी निकायले अर्को सरकारी निकायको जमिनको स्वामित्व ग्रहण नगर्दै धमाधम भवन बनाउन थालेपछि अतिक्रमणलाई संस्थागत रुपा दिईएको स्थानीयको बुझाई छ ।

९संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रचित कडरियाले वडा कार्यालय भवन निर्माणका लागि स्वीकृत नभएको बताए । ‘उहाँहरुले वडा कार्यालय भवन निर्माणका लागि स्वीकृतका लागि माग गरेका थिए, ‘उनले भने, ‘अहिलेसम्म स्वीकृत भएको छैन ।’ निर्माण कार्य स्वीकृत नहुँदै कुनैपनि संरचना बनाउन नहुने उनको भनाई छ ।
भीमदत्त नगरपासलिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले वडा भवन निर्माणका लागि आफुले भृकुटी माग गरेपनि नगरपालिकाबाट हामी भनिदिन्छौँ, भन्दै त्यही बनाउन लगाएको बताए । ‘विघठित नगर विकास समिति ९संघीय आयोजना कार्यान्वयन इकाई धनगढी०ले व्यक्तिगत कसैले घर बनाए, रोक्दैन, ‘वडाध्यक्ष बोहराले भने, ‘हामी त सरकारी निकाय पो हो ।’ उनले व्यक्तिबाट धमाधम घुस खाएर बनाउन दिने सरकारी निकायबाट घुस खान नपाउने भएपछि अनेकन बाधा अडचन गर्ने उनको भनाई छ । तत्तकालिन नगर विकास समितिको जमिन अहिले व्यक्तिगत एव संस्थागत चपेटामा परेको छ । वडा भवनका लागि एक ठाउँमा जमिन हुुँदाहुदै अर्को ठाँउमा बनाएर सरकारी जमिन दोहन हुने स्थानीयको भनाई छ । स्थानीयले सरकारी जमिन संरक्षणमा जोडदिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds