सीमा क्षेत्रको फोहोर व्यवस्थापनमा सशस्त्र प्रहरी

  • पुष्कर भट्ट

नेपाल भारत कञ्चनपुरको सीमा क्षेत्र गड्डाचौकीमा सशस्त्र प्रहरी बल नेपालले फेहोर व्यवस्थापनमा जुटेको छ । गत १२ जेठदेखि बनबासा–गड्डाचौकी नाकामा आवत जावत सहज बनाएपछि त्यहाँ फोहोर गरिएको थियो । भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकले गरेको फोहोर सशस्त्र प्रहरीले व्यवस्थापन गरिरहेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले फोहोर भएको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले व्यवस्थापन गरेको बताए । ‘सीमा क्षेत्रमा खानेपानीका बोतल सहितको विभिन्न बस्तुको फोहोर थियो, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘सीमा क्षेत्र चिटिक्क पार्नका लागि सरसफाई गरियो ।’ नेपाल प्रवेस गर्दा चिटिक्क सफा सुगर राखिएको उनले बताए ।

फोहोरबाट उत्पन्न हुने विभिन्न प्रकारका रोगबाट बाँच्नका लागि समेत फोहोर व्यवस्थापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलले यस अघि पटक पटक सीमा क्षेत्रमा सेनिटाईजर समेत गरेको थियो

ताजा समाचार