कञ्चनपुरका स्वास्थ्यकर्मी र अधिकारकर्मी सहित १२ जनाले कोरोना जिते

कञ्चनपुरमा अधिकारकर्मी, दुई स्वास्थ्यकर्मी सहित १२ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमित भएर महाकाली अस्पतालको आईशोलेसन कक्षमा उपचारार्थ अधिकारकर्मी आनन्दी राना(देउवा), स्वास्थ्यकर्मी प्रेमसिह धामी, सुशीला बोहरा सहित १२ जनाले कोरोना जितेर महाकाली अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

विश्वव्यापी रुपमा फैलिएका महामारी “कोडिभ( १९ “ कोरोना भाइरस को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिका को बुदा नम्बर २.३ (क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज भएका अधिकारकर्मी एव स्वास्थ्यकर्मीले महाकाली अस्पतालको आईशोलेनकक्षमा थप सुधार एव सुविधाको माग अघि सारे । स्वास्थ्यकर्मी प्रेम सिह धामी र सुशीला बोहराले समाजको दयामाया आवश्यक रहेको र कोरोना लाग्दैमा डराउनु र आतिनु हुँदै र विशेष गरि खानेकुरामा ख्याल राख्नु पर्ने बाताएका छन् । संक्रमित भएका तर त्यस्तो लक्षण नदेखिएकाहरु लाई सम्बन्धि पालिकामा बनाएको क्वारेन्टाइन मै राख्न् पनि सुझाव दिएका छन् ।

अधिकारकर्मी आनन्दी राना(देउवा)ले “कोडिभ(१९“ रोकथाम तथा नियन्त्रणका लागि आएको बजेटको सदुपयोगमा जोडदिदै बिरामीको उपचारमा ध्यान दिनुपर्नेमा सुझाव दिईन् ।

ताजा समाचार

This will close in 10 seconds