अटो व्यवसायीद्वारा लकडाउनको समयमा ब्याज मिनाहको माग

  • पुष्कर भट्ट

कञ्चनपुरका अटो संचालक व्यवसायीले लकडाउनको समयको बैक ब्याज मिनाहको माग अघि सारेका छन् । जिल्लाभरी संचालित स्वरोजगारतर्फ उन्मुख भएका अटो व्यवसायीले लकडाउन अवधिको बैंकको ब्याज मिनाहको माग अघि सारेका हुन् । उनीहरुले लकडाउन भएपछि व्यवसाय मात्र नभई घरबार समेत चौपट भएको गुनासो पोखेका छन् ।

महेन्द्रनगर सहित जिल्ला यात्रुको घरदेखि गन्तव्यसम्म यातायात सेवा दिदै आएका अटो संचालकले सरकारले अटो व्यवसायप्रति राहत दिनुपर्नेमा जोडदिए । महेन्द्रनगरका अटो संचालक गोबिन्द जोशीले लकडाउनबाट व्यवसाय नै चौपट भएको बताए । उनले लकडाउन पछि संचालनमा आउँन नसक्दा व्यवसायी धरापमा मात्र नभई बैकको ब्याज तिर्न समेत समस्या भएको गुनासो पोखे ।

कञ्चनपुरका मजदुर नेता कमल पण्डितले लकडाउनका कारण दैनिक काम गरेर गुजारा चलाउने अटो व्यवसायी मजदुर मारमा परेको भन्दै सरकारी स्तरबाट राहतको प्रबन्धमा जोडदिए ।

उनले ब्याज मिनाहदेखि राहत कार्यक्रम संचालन हुनुपर्ने धारणा अघि सारे । अटो व्यवसायीले लकडाउनका कारण व्यवसायी नै चौपट भएकाले राहत नल्याए संचालनम समस्या हुने र हाल संचालन गर्नदिनुपर्नेमा जोठदार माग अघि सारेका छन् ।

ताजा समाचार

This will close in 10 seconds