संसद नर बहादुर धामीद्वारा तीन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक बजेट

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले तीन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट दिएका छन् । चालु आर्थिक बर्ष २०७६/०७७ क्षेत्र नम्बर २ मा संचालित स्थानीय पुर्वाधार साझोदारी कार्यक्रमको खर्च नभएको बजेट स्थानीय तहलाई दिएका हुन् ।

सोमबार संसद धामीका प्रतिनिधी अर्जुन भट्टले चालु बर्षमा विभिन्न ठेक्काबाट बचेको रकम बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई बजेट हस्तान्तरण गरिएको बताए । उनका अनुसार कृष्णपुर र शुक्लफाँटा नगरपालिकालाई ३३/३३ लाख र बेदकोट नगरपालिकालाई ३४लाख रुपैया हस्तान्तरण गरिएकोछ ।

‘संसद धामी ज्यूले चालु आर्थिक बर्षमा खर्च हुन नसकेको बजेट फिर्ता जानु भन्दा कोरोना रोकथामका लागि आफ्ना निर्वाचन क्षेत्रका तीन स्थानीय तहलाई हस्तान्तरण गरेका हुन, ‘उनले भने, ‘खर्च हुन नसकेको र विभिन्न ठेक्का बाट बचेर फिर्ता जानुभन्दा कोरोना रोकथामका लागि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय पुर्वाधार साझोदारी कार्यक्रम निर्देशन समितिको संयोजक स्वयम संसद नर बहादुर धामीको निर्णय अनुसार स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधी तेस्रो संशोधन, नियमावली ०७७ अनुसार कोडिभ १९ रोकथाम नियन्त्रण निदान र उपचारको काममा प्रचलित कानुन बमोजिम खर्च गर्नका लागि उक्त बजेट स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । फिर्ता हुने बजेट स्थानीय तहलाई दिएपछि कञ्चनपुरका तीनै स्थानीय तहले संसद धामीप्रति आभार प्रकट गर्दै उक्त बजेटबाट स्थानीय तहमा कोडिभ १९ रोकथामका लागि सहयोग पुग्ने बताएका छन् ।

संसद धामीका स्थानीय विकास साझेदारी कार्यक्रमका अर्जुन भट्टले उक्त बजेटको पत्र बेदकोट नगरका प्रवक्ता नरेश सिह, प्रमुख कार्यकारी अधिकृत धर्मराज जोशी, शुक्लाफाँटा नगरका मेयर दिल ब ऐर, प्रमुख प्रशासकिय अधिकृत विशन सिह धामी, कृष्णपुर नगरका प्रमुख कर्ण हमाल, प्रमुख प्रशासकिय अधिकृत शिवसिह भण्डारीलाई सुप प्रदेश सभा सदस्य महेश दत्त जोशी, भट्टले हस्तान्तरण गरेका थिए । यसरी क्षेत्र नम्बर २का संसद धामीले बचेको रकम फिर्ता जानु भन्दा स्थानीय तहलाई दिएर कोरोना रोकथामका लागि सकारात्मक पहल थालेको भन्दै स्थानीय तह, जनप्रतिधि एव नागरिकले संसदप्रति आभार प्रकट गरेका छन् ।

कञ्चननपुर स्थित संसद धामीका प्रतिनिधी भट्टलाई उदृत गर्दै प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले महामारीका बेला संकट मोचनका लागि स्थानीय तहलाई बजेट उपलब्ध गराएको बताएका छन । संसद धामीले बजेट उसैपनि फिर्ता जाने भएपछि स्थानीय तहमा कोरोना संक्रमण फैलिन नदिन समेत आफ्नो तर्फबाट पहल गरेको बताए । संसद धामीले तिनै स्थानीय तहलाई बजेटको सदुपयोग गर्न समेत अनुरोध गरेका छन् ।

ताजा समाचार