यातायात कार्यालयकै सरकारी कर्मचारी किर्ते धन्दामा संलग्न

नक्कली सवारी दर्ता किताब सहित मोटर साईकल र मानिस पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न कम्पनीका चोरीका मोटर साईकल सहित नक्कली बिलबुकहरु बनाई किन-बेच गरी प्रयोग गर्ने गिरोह प्रक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सयुक्त टोलीले बिशेष अप्रेसन संचालन गरि प्रक्राउ गर्न सफल भएका हो ।

उक्त टोलीले आठ मोटरसाइकल, तिनका ब्लुबुक र १२ जनाको गिरोह पक्राउ गर्न सफल भएको छ । चोरी तथा नक्कली कागजात बनाउने गिरोहमा संलग्न १० जना कैलाली र कञ्चनपुरका स्थिानिय युवाहरु रहेका छन भने दुई जना यातायात ब्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी रहेका छन् । जसको मद्दत बाट उनीहरु नक्कली बिलबुकहरु बनाउन सफल भएका थिए ।

उक्त कार्यमा संलग्न रहेको यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर गणेश भट्टराई, कार्यालय सहयोगी जितेन्द्र राना, सहित जिल्ला कञ्चनपुर लालझाडी गाउपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को बहादुर राना, बेतकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३५ को राज कुमार राना, बर्ष २५ को हरेन्द्र राना, बर्ष ३० को सुबेश राना, लालझाडी गाउपालिका वडा नं. १ बस्ने बर्ष ४२ को रामनिवास राना शुक्लाफाँटा न.पा. वडा नं.१२ घर भई हाल जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.३ मिलन चोक बस्ने बर्ष २७ को श्याम राना, बेतकोट न.पा.६ बस्ने वर्ष २८ को रामलाल राना, बेतकोट न.पा.५ बस्ने वर्ष १८ को प्रदिप राना, बेतकोट न.पा.५ बस्ने वर्ष २७ को लक्ष्मी राना, लालझाडी गा.पा.४ बस्ने वर्ष २४ को राम दयाल राना, भने उनीहरुबाट बरामद भएका मोटरसाइकलहरु से ६ प ६७४७, म २ प ७०५६, सु.प.प्र.००१०७, सु.प.प्र.००१–००७, से ६ प २५८३, से २ प ३७६५, से ७ प ३२७१ र सु.प.प्र.०१००८ रहेका छन् ।
यातायात कार्यालयकै सरकारी कर्मचारी किर्ते धन्दामा संलग्न भएको खुलेको छ । उनीहरूको संलग्नतामा चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाई बिक्री गर्ने गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चेकजाँचका क्रममा एकै मोटरसाइकलका दुई ब्लुबुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउँदा कैलाली र कञ्चनपुरमा नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री–वितरण गर्ने गिरोह फेला पार्न सफल भएको बताए ।

ताजा समाचार