राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल सुदुर पश्चिम प्रदेशले एक दिने भर्चुअल तालिम सम्पन्न

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को यो विषम परिस्थितिमा राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल सुदुर पश्चिम प्रदेश कार्यालयले एक दिने भर्चुअल तालिम सम्पन्न गरेको छ।

कोरोना भाइरस रोकथाम साथै नियन्त्रणका लागि सरकारले देशभर लगाइएको लकडाउनको बन्दाबन्दीले गर्दै आइतबार विषयवस्तु स्थानीय तहको नीति नियम ,योजना तर्जुमा ,अपांग अधिकार ऎन २०७४ का बारेमा एक दिने भर्चुअल तालीम कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुर पश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीय तहमा अपाङ्ग्ता भएका ब्यक्तिहरुको समाबेसी बिकास प्रक्रियामा सहभागिता र योजना छनौट प्रक्रियामा सुनिश्चितता सहभागिता भन्ने मुख्य उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको हो। तालिममा महासङ्गका कार्येसमितिका पदाधिकारी र सदस्य आवद्ध सस्थाका अध्यक्ष र प्रतिनिधि कर्मचारी लगायत सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३६ जनाको सहभागिता रहेको थियोे। भने कार्यक्रम नयाँ प्रविधिका साथ जुम एप बाट डेढ घन्टा सन्चालन भयेको थियो ।

उक्त कार्यक्रमका सभापतित्वमा महासंघ नेपाल सुपका अध्यक्ष उपेन्द्र बहादुर खडायत रहनु भएको थियो भने तालिममा मुख्य सजकर्तामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय \ केन्द्रिय कार्यसमितिका पुर्व अध्यक्ष सुदर्शन सुवेदीले सहजीकरण गर्नु भएको थियो।

ताजा समाचार

This will close in 10 seconds