“कोरोना जित्ने छु, मलाई केही भएको छैन” : स्वास्थ्यकर्मी बोहरा

अहिलेको परिवेशमा विश्व नै त्रसित बनेको विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ूकोभिडी–१९ू को बेलामा स्वास्थ्य सेवा दिदै आईरहेकी बोहरालाई नै पोजिटिभ देखिए पछि स्वास्थ्यकर्मी बोहराले आफन्त जन लगायत सबैलाई सचेत रहन आग्रह गरेकी छन।

बिहिवार उनले आफ्नो सामाजिक संजाल मार्फत सबै लाई सचेत संगै सहजक रहनुका साथै आफू लाई त्यस्तो केही नभएको उनले जानकारी दिदै यस्तो लेखेकी छन् : मेरा सबै आफन्त जनमा यो भन्न चाहान छु कि मलाइ केही समस्या छैन ।मेरो चिन्ता नगर्नु होला, मलाइ कोरोना सङ्ग सम्बन्धि केही समस्या छैन, बरु सबैले सचेत रहन आग्रह गर्द्छु। यो कुनै एक जनाको जिम्मेवारी नभै हामी सबै को जिम्मेवारी हो। त्यसकारण आफू बचौ र अरुलाइ बचाउने तिर लागौ। कोरोना लाग्दैमा मान्छे मर्दैन।आत्माबल बडाउनु होस् कोरोना लागेको भन्दैमा नराम्रो दृश्य ले नहेर्नु होस, सक्नु हुन्छ भने हौसला दिनुहोस। नसकिए तिरस्कार गरेर अरुको आत्मबल घटाउने काम नगर्नु होस।यस्तो समस्या एक दिन सबै लाई आउन सक्छ। सचेत रहन आग्रह गर्द्छु। धन्यवाद ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर नै सरकारले लगाइएको लकडाउनको समयमा भारत बाट आएका केही नेपाली दाजुभाइ लाई आर डि टि परिक्षणका लागि समेत खटिएकी थिन। उनले पिसिआर परिक्षण गरे पछि आफ्नो कार्यमा नगई होम क्वारेन्टाइनमा बस्ने गरेको र असार १ गते पिसिआर परिक्षण संगै स्वाव संकलन गरि धनगढीमा रहेको पशु प्रयोगशाला पठाएको ९ दिन पछी रिपोर्ट आउँदा दुई जना स्वास्थ्यकर्मी र ७ जना भारत बाट आएकाहरुमा पोजिटिभ देखिएको थियो ।

उनले बेलुकी ६ बजे खबर पाए पछि सो दिन नै महाकाली अस्पतालमा रहेको आइसुलेसन ल्याइएको उनले बताएकी छन् । उनले भनिन् आफूलाई कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको र आफू स्वस्थ नै रहेकि छु । अब आफू छिट्टै कोरोना जित्ने छु र संक्रमित भए भन्दैमा नडराउन समेत आग्रह गरेकी छन् ।
उनी बेदकोट नगरपालिकि स्वास्थ्यकर्मी हुन।

ताजा समाचार

This will close in 10 seconds