सांसदको घरमा विप्लव कञ्चनपुरले एमसीसी खारेजी सम्बन्धी कालो ब्यानर टाँसे

नेपाल कम्युनिष्ट पार्टी नेकपा (विप्लव) कञ्चनपुरले प्रतिनिधी सभा सदस्य निरुदेवी पालको घरमा एमसीसी खारेजी सम्बन्धी कालो ब्यानर टाँसेको छ ।

शनिबार नेकपा विप्लव कञ्चनपुरले भीमदत्त नगरपालिका १७ बाँसखेडा स्थित सासंद पालको घर एमसीसी खारेजी सम्बन्धीको कालो ब्यानर टाँसेको हो । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’ नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुर लेखिएको छ । यस अघि नेकपा विप्लव कञ्चनपुरले जिल्लाबाट प्रतिनिधी तथा राष्ट्रिय सभा सदस्यलाई पत्र काटेर एमसीसीको विपक्षमा उभिन पत्राचार गरेको थियो । अमेरिकाले नेपाल सरकारलाई सहयोग गर्ने भनिएको मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) संसदबाट पारित गर्नका लागि १६ असारसम्म तयारी भएपनि संसद १७ असारमा सारिएपछि अन्यौलता छाएको छ ।

स्वयम सत्तारुढ दलभित्रै एमसीसीको विषयमा विवाद छ । एमसीसी खारेजीको विषयमा काठमाण्डौँ लगायत विभिन्न स्थानमा प्रर्दशन जारी छ । प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस, राप्रपा लगायतले एमसीसी पारित हुनुपर्ने माग अघि सारेका छन् । एमसीसीलाई लिएर राजनीति दल, स्वयम सरकार संचालन गरेको दलभित्रै विवाद हुदा नागरिकमा एमसीसी नेपालको हित वा हित विपरित बारे अझै बुझिएको छैन् ।

ताजा समाचार

This will close in 10 seconds