तस्करका सपना तुहाउँदै सशस्त्र प्रहरी

नेपाल–भारत सीमाबर्ती बनबासा बजारका व्यवसायीले बजार खुलाउन र नेपाली व्यवसायीबाट समानको रकम अशुल्नका लागि वातावरण मिलाई दिन उत्तराखण्ड प्रदेश मार्फत नेपाली दुताबासलाई ज्ञापन पत्र बुझाएकै भोलीपल्ट सीमा क्षेत्रबाट तस्करी भईरहेको छ ।

भारतीय बनबासा बजारदेखि विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याईरहेको अवस्था कञ्चनपुरको सीमा क्षेत्र जिमुवाबाट सशस्त्र प्रहरी बलले लाखौँका समान बरामद गरेको छ । शनिबार सशस्त्र प्रहरी बल ५६ नम्बर गुल्म हेक्वा गड्डाचौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक केशवराज प्याकुलेर नेतृत्वको सशस्त्र प्रहरी टोलीले तस्करी भईरहेको समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक बीरसिह शाहुले सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा भीमदत्त नगरपालिका १० जिमुवाबाट किराना पसलका समान बरामद गरिएको बताए । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार बिक्रि, चललेट, कपडा, लगायतका समाग्री बरामद गरिएका छन् । बरामद गरिएका समान भन्सार चलान गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले लकडाउनकै विचमा कञ्चनपुरको विभिन्न सीमा क्षेत्र ब्रम्हदेब, खल्लामछेट्टी, दोधारा, चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास क्षेत्रबाट माछादेखि हार्डवेयरका समान बरामद गरेर ्भन्सार बुझाएको छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि भारतसंग जोडिएको कञ्चनपुृरको १ सय २९. ५ किलोमिटर सीमा क्षेत्रभरी सशस्त्र प्रहरी परिचालन गरेपछि तस्करी नियन्त्रणउन्मुख भईरहेकोछ । यस अघि कञ्चनपुरको गड्डाचोकी सहित पुनर्वास नगरका आनन्द बजार, विचफाँटा, बेलौरी, बेलडाँडी, दोधारा, ब्रम्हेदबमा सशस्त्र प्रहरीका बिओपी थिए । स्थानीयले अहिले स्थानीयले बिओपी बृद्धिसंगै सशस्त्र प्रहरीले ठाँउका ठाँउ तस्करका योजना तुहाईरहेको बताएका छन् । कञ्चनपुरका स्थानीय जगदिश भट्टले जिल्लामा सशस्त्र प्रहरीले सकृयता बढाएका कारण तस्कर नियन्त्रणमा आईरहेको बताए । ‘विगतका दिनमा केही सशस्त्र प्रहरीक अधिकारीले तस्करबाट लाईन खाएर छाड्थे, ‘उनले भने, ‘अहिले सशस्त्र प्रहरीले भातरबाट गैर कानुनी रुपमा सुई पनि ल्याउन दिएको छैन् ।’ तस्करी नियन्त्रण गर्दै राजस्व बृद्धिका लागि भन्सार काटेरै समान आयात गर्नुपर्ने उनको भनाईछ ।

उस्तै पनि लकडाउनका कारण देशको अर्थतन्त्र धरासायी बनिरहेका बेला तस्करीले चोरी तस्करी गरेर समान ल्याउन थालेपछि राजस्व चुहावट हुने स्थानीयको भनाई छ । सशस्त्र प्रहरीको कामप्रति कञ्चनपुरका स्थानीय हर्षित भएका छन् । स्थानीयले यस्तै गरि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्कर नियन्त्रण गर्दै शुसासन कायम गर्नुपर्नेमा जोडदिएएका छन् ।

ताजा समाचार

This will close in 10 seconds